पप्पु रेग्मी, बर्दघाट ।
बर्दघाट उद्योग वाणिज्य संघको आयोजना र बर्दघाट प्रेस क्लव बर्दघाट पश्चिम नवलपरासी जिल्लाकाे समन्वयमा बर्दघाट ओैद्याेगिक व्यापार मेला परिसरमा शनिवार गरिएको पर्यटन प्रवर्द्धन विषयक कार्यक्रममा बोल्दै, स्थानीय सरोकारवालाहरुले नगरको विकासमा पर्यटन क्षेत्रलाई जोड्नु पर्ने माग गरेकाछ्न् ।
स्थानीय भौगोलिक अवस्था अनुसारका पर्यटन विकासको सम्भावनालाई अनुसन्धान गरि निजी क्षेत्रसङ्ग सहकार्य गरि अगाडि बढ्नु पर्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धचरण)ले बताउनुभयाे । बुद्ध कालिन राज्य संरचनाका अनुसारको नक्साङ्कलाई आधारमा लुम्बिनी विकास कोषसङ्ग जोडिएर पर्यटन क्षेत्रको विकासमा जोडीन आग्रह गर्नु भयो ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका लागी नगर निजी क्षेत्रसङ्ग सहकार्य गरि अगाडि बढ्न चाहेको उल्लेख गर्नु भयो ।
बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले पर्यटन विकासमा रहेर काम गरिरहेको उल्लेख गर्दै, नमुना उन्मुख वडा बनाएको र नमुना उन्मुख वडाका लागी रकम छुट्याएकाे जानकारी दिनुभयो । होटल व्यवसायी बलराम भन्डारीले बैंकको चर्काे व्याजकाे चपेटामा परेकाले पनि व्यवसाय फस्टाउन नसकेको बताउदै, बर्दघाटमा पर्यटकलाई ओन नाइट स्टे गराउदै बर्दघाटका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने वातावरण सृजना गर्न सडक मर्मत गर्नु पर्ने, होटल व्यवसायमा बाह्य पर्यटक आउदा भाषागत समस्या रहेकाले होटल व्यवसायीलाई भाषागत तालिमको आवश्यकता रहेको बताउनुभयाे ।
कार्यक्रममा बर्दघाट नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, बर्दघाट ४ का वडा अध्यक्ष बेदबिना तिवारी, पत्रकार गोपी ज्ञावली, दिब्य ज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डेय, स्थानीय टाेल समितिका अध्यक्ष राम प्रसाद पाण्डे, बाउन्न घोला सिमसार मञ्चका अध्यक्ष कुलदेव श्रेष्ठ लगायतले बोल्दै नगरमा पर्यटनको विकासका लागी एकीकृत योजनाकाे आवश्यक रहेकोमा जोड दिएका थिए ।
बक्ताहरुले अभियान कै रुपमा क्षेत्रगत योजना बनाएर होमस्टे, ऎतिहासिक धार्मिक तथा पुरातात्त्विक क्षेत्र, विभिन्न जातजातिका धार्मिक तथा सास्कृती पहिचान झल्किने खाले योजनालाई प्राथमिकताका साथ नगर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमकाे स्वागत उद्योग वाणिज्य सङ्गका वरिष्ठ उपाध्यक्ष तारा प्रसाद गौतमले गर्नु भएको कार्यक्रमकाे संचालन प्रेस क्लवका अध्यक्ष कुश्माखर ढकालले गर्नुभएको थियो ।