पप्पु रेग्मी, बर्दघाट, २१ माघ ।
पश्चिम नवलपरासीको बर्दघाट-४ बाढिपिडितमा दुर्गा मन्दिर व्यवस्थापन समितीद्वारा आयोजित नगर भित्र रहेका भजन टाेली बिच धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखि खुल्ला भजन, चुट्का प्रतियोगिता साेमवार सम्पन्न भएको छ ।
दुर्गा मन्दिर समितिका अध्यक्ष खोमनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा शिव पार्वती भजन समूहले प्रथम स्थान हासिल गरेको छ भने, ब्राहामण समाज भजन समूह द्वितीय, र नर्मदेश्वर भजन समूहले तृतीय स्थान हासिल गरेको उपाध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।
सहभागी प्रतियोगितामा प्रथम हुने समूहले नगद रू. १० हजार, द्वितीयले रू. ७ हजार, तृतीयले रू. ३ हजार ५ सय र सान्त्वना स्वरुप सहभागी सबै समूहले नगद रू. १ हजार ५ सय सहित नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दुर्गा मन्दिर ब्यवस्थापन समितिका सचिव सिर्जना आचार्यको स्वागत मन्तव्य रहेको प्रतियोगिताकाे सन्चालन हरिरन्जन पौडेल र शिव चालिसेले गर्नु भयेको थियो।
कार्यक्रममा कार्यक्रम प्रतियोगिताको निर्णायकमा महेन्द्र रेग्मी, तुलसा नेपाल र यम प्रसाद सापकोटा रहनु भएको थियो ।