लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारी एवं लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामा राम नवमीको हवनमा विशेष रुपले सहभागी हुनु भएपछि लुम्बिनी बाैद्ध परिसरमा सकारात्मक सन्देशकाे प्रवाह भएकाे छ ।
महायान र ब्रजयानमा बिशेष हवन प्रक्रिया हुने हुदा लामालाई हवनको बिशेष महत्त्व थाहा भएर पनि सहभागी भएको बताइएको छ तर केहि ब्यक्तिहरुको भनाइ अनुसार कोषमा विगत केही समयदेखि सिर्जित द्वन्द्वले उचाइ पाउन सक्ने डरको कारणले लामा हवनमा सहभागी भएको बताइएकाे छ।
हवनको बारेमा महायान र ब्रजयान बुद्धिज्मलाई विशेष जानकारी भएकोले लामाले आफै हवनमा सहभागी भइ हवन समेत गरेका थिए ।
यसैगरी आचार्य कर्मा सेङ्बो शेर्पाले आफ्नो कार्यकालमा पहिलो लुम्बिनीमा हवन कुन्ड खन्न लगाई आफै हवन गरेका थिए । अहिलेसम्म लुम्बिनी कोषमा धेरै हिन्दु नै पदाधिकारीहरु आए पनि यस अघि हवनमा काेही पनि सहभागी भएका थिएनन् ।