काठमाडौं । कूटनीतिक मर्यादा विपरीत देशको आंतरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरद्वारा गरिएकाे प्रदर्शनमा नेपाल स्थित चिनियाँ राजदूतको पुतला दहन गर्दै देश निकालाकाे माग गरेको छ।
राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको बिरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डूबाउन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बंद गर,चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएका थिए।
प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पुर्बेले कूटनीतक मर्यादा विपरीत चिनियाँ राजदूतले नेपाल भारत संबध बिगार्ने उदेश्यले दिएको अभिब्यक्ति निंदनीय रहेकोले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्नु पर्ने बताउनु भएको छ। नेपाल भारत जल बिधूत समझौता नेपाल सरकारले प्राथमिकतामा राखी गरेको र यस बाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले यों चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप लगाउनु भएको छ।
प्रदर्शनमा अभियानका संजीव झा, राम करण साह, संजय यादव, गौतम झा, राजू कापर, अनुराग चौधरी, सुमित महरा, शिव नाथ साह लगायतको अभियानीहरु सहभागी थिए।