अनिल यादव, नवलपरासी, १० मंसिर ।
नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं पुर्व शिक्षामन्त्री चित्रलेखा यादवले देशमा लोकतन्त्र स्थापित भए मात्र जनताले स्वतन्त्रताको प्रत्याभुत गर्न पाउने बताएकी छन् ।
कांग्रेसकी प्रभावशाली नेतृ यादवले भनिन्, लोकतन्त्रले नेपाली जनतालाई स्वतन्त्र बनाउने काम गर्दछ न कि जनता माथि कठोर शासन गर्दछ । नवलपरासीको रामग्राम १५ हकुईमा कांग्रेसद्धारा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ यादवले, देशमा लोकतन्त्र जोगाउन नेपाली कांग्रेसले चालेको लोकतान्त्रिक गठबन्धनलाई सफल बनाउन जनतामा आग्रह गरिन् ।
देशमा अहिले लोकतन्त्र जोगाउन, जनताको हक–अधिकार स्थापित गर्न र स्वतन्त्रता कायम राख्न कांग्रेसले मात्र गर्न सक्ने उनले दावी गरिन् । सभामा उनले देशको विकास र संविधान संसोधन मार्फत सबै नेपाली नागरिकको अधिकार स्थापित गराउने पार्टी नेपाली कांग्रेसलाई रोजन समेत जनतामा आग्रह गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले लोकतन्त्र माथि हुने बाम गठबन्धनको प्रहारलाई रोक्न नेपाली कांग्रेसलाई बिजयी गराउन आवश्यक रहेको बताए । आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता कण्डेलले भने, आजको आवश्यक्ता जनता स्वतन्त्र र मालिक बन्ने हो न कि कसैको गुलाम ।
बाम गठबन्धनको सरकारले देशमा कम्युनिष्ट तानाशाह शासन ल्याई सबैको स्वतन्त्रता खोस्ने षडयन्त्रमा लागेको आरोप लगाए । त्यस्तै सभामा नेपाली कांग्रेसका जिल्ला सह–अध्यक्ष सुबाषचन्द्रं गिरी, पार्टीको कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेल, प्रदेश सभा १ उम्मदेवार गुणनिधि तिवारी, प्रदेश सभा २ का उम्मेदवार बैजनाथ जयसवाल, कांग्रेसका नेता अनिल कुमार गौड, रामचन्द्र मौर्य, राधेश्याम पाठक, राधेश्याम यादव, जिल्ला सचिव विक्रम यादव, गजानन्द पटेल, सहसचिव शिवशंकर राय लगायतले नेपाली कांग्रेसलाई बिजयी बनाउन जनतामा आग्रह गरे ।