संजय कुशवाहा /नवलपरासी. साउन २७ ।
नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी.झुलनीपुरले संयुक्त गस्ती गरेका थिए ।
शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितको नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको शसस्त्र प्रहरी निरिक्षक रवि कुमारको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।
गस्तीको क्रममा सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो ।
संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ७ जना, सशस्त्र सिमा बल एस.एस.बी.बाट ६ जना, भारतीय जनपद प्रहरीबाट १ जना र नेपाल प्रहरीबाट २ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।