-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

दुधको रकम भुक्तानीको माग गर्दै राजमार्ग र नगरमा किसानको प्रदर्शन

spot_img
spot_img

बर्दघाट, १७ फागुन ।
विक्रि गरिएको दुधको भुक्तानी नपाएको र उत्पादित दुधले बजार नपाएपछि पश्चिम नवलपरासीका किसानहरु आन्दोलित भएका छन । पटक पटक आवाज उठाउँदा पनि किसानका समस्या प्रति राज्य गम्भिर नभएको भन्दै किसानहरुले विहिबार पूर्व पश्चिम राजमार्गको बर्दघाट सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन ।
बर्दघाटको टिसिएन चोकमा किसानले राजमार्गमा दुध पोखेर नाराबजी गर्दै विरोधमा उत्रिदा राजमार्गमा यातायात प्रभावित भएको थियो । राजमार्ग अबरुद्ध भए पछि केहीबेर प्रहरी प्रशासन र किसानहरु विच तनावको अवस्था सिर्जना भएको थियो ।
किसानहरुले आफुले विक्रि गरेको दुधको लामो समय देखी भुक्तानी नपाउँदा घर व्यवहार चलाउन समेत अफ्ठेरो भएको बताउँदै आएका छन । एकातर्फ पुरानै भुक्तानी नपाउनु र अर्को तर्फ अहिले उत्पादन भएको दुध विक्रि नभएपछि किसानलाई मर्का परेको जनाउदै बर्दघाट नगर परिसरमा स्थानीय सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
भारतबाट दुग्ध जन्य पदार्थको आयात गरी सरकारले नियोजित रुपमै किसानहरुलाई मार्ने काम गरेकोले नेपाली किसानले उत्पादन गरेको दुध विक्रि नहुँदा सरकार विरुद्ध नाराबाजी गर्दै कृषि मन्त्री र आपुर्ती मन्त्रीको राजीनामा माग गरेको बाटिका सहकारी संस्था लि.का मेघनाथ आचार्यले बताउनुभयो ।


नेपाली किसानको उत्पादनलाई प्रोत्सान गर्न भारतिय उत्पादनको आयातमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै किसानका समस्याको दिर्घकालिन समाधानका लागि सरकार गम्भिर भएर नलागे किसानको धैर्यताको बाँध टुट्ने चेतावनी दिएका छन । किसानले धैर्यता गुमाए त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयम सरकार हुनुपर्ने भन्दै सडक र नगर परिसरबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनमा जिल्लाभरबाट किसानहरुले सहभागिता जनाएका थिए । सडकका आन्दोलन गरिरहेका किसानहरु बर्दघाट नगरपालिकाको परिसरमा पुगेर नाराबाजी गरे । उनीहरुले किसानका समस्या समाधानका लागि स्थानिय सरकार पनि गम्भिर हुन नगर प्रमुखको ध्यााकार्षण गराएका थिए ।
चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं जिल्ला दुग्ध सहकारी संस्थाका जिल्ला अध्यक्ष पुर्ण प्रसाद तिमिल्सीनाले किसानले आफ्ना उत्पादन विक्रि गर्न नसक्ने अबस्था आएको बताउदै विगत ६ महिना देखी किसानहरुले दुधको भुक्तानी नपाएकोले तत्काल भुक्तानी उपलब्ध गराउन माग गर्नुभयो । विभिन्न बाहना बनाएर किसानका उत्पादनको विक्रिमा रोक लगाईए त्यसको परिणामा भयानक हुने तिमिल्सीनाको भनाई छ ।
आन्दोलनकै क्रममा बर्दघाट नगरपालिका परिसरमामा पुगेका किसानहरुले स्थानीय सरकारको विरुद्धमा नाराबाजी गरेको थिए । नगर प्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय सरकारको श्रोत र साधनले भ्याएर सम्म किसानका समस्या समाधानमा गम्भिर रुपमा लागिने प्रतिबद्धता जनाउनुभयो । किसानहरुले आफ्ना मागहरुलाई सम्बोधन नगरीए अब चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme