नवलपरासी । नारायणी नदीमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा सनिवार अचानक बगाई एक युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सुस्ता गाउँपालिका वडा नं. ५ सकरदिनही बस्ने राम केवल चमारको छोरा बर्ष ३३ को अर्जुन चमार रहेका छन् । घरदेखि पुर्वतर्फ करिब २ किलाेमिटरकाे दुरीमा रहेकाे नारायणी नदीमा दाउरा टिप्ने क्रममा सांझ ५ः४५ बजे नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएकाे छ ।
घटनाकाे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी रामनगरबाट प्र.ब.ना.नि राजाराम कुर्मीको कमाण्डमा प्रहरी टोली खटिई गएकाे थियाे । खोजतलास शुरु गरेकोमा इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडिया, प्रहरी चौकी नरसही समेतबाट प्रहरी टोलि खटिगई स्थानियहरु समेतको सहयोगमा खोजतलास कार्य भई रहेको र अबेरसम्म फेला नपरेको सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहरा बताए ।