गैर आवासीय नेपाली सँघ,युएई क्षेत्रीय समन्वय परिषदले दलित विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।
“नेपालीका लागी नेपाली भन्ने मुल मन्त्रका साथ स्थापना भएको गैर आवासीय नेपाली सँघ, युएई क्षेत्रीय समन्वय परिषद अलऐन सामाजिक काममा अग्रसर भएर लागेको छ। यसै क्रममा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा न ५ महुबनमा दलितहरुको घना वस्ती रहेको टोलको श्री दलित प्राथमिक विधालयमा अध्ययनरत दुई सय दश जना दलित बिद्यार्थीहरुलाई माघ २३ गते एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको हो।
सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको प्रमुख आतिथ्यतामा,वडा न. ५ का वडाध्यक्ष रुपलाल यादव,एनआरएनए-अलऐनका प्रतिनिधिहरु भरत शिवाकोटी,अग्नि मैनाली,प्रेम प्रधान दलित जनप्रतिनिधि रामबालक महरा,दलित महिला सदस्य संगिता देवी,दलित प्राथमिक विद्यालयको संस्थापक जदु प्रसाद तेलि,दलित अगुवा अशोक राम,प्र.अ. अर्चना कुमारी गुप्ता, शिक्षक हरिनारायण राम, शिक्षक राजनारायण गिरि,मान्सा गीरीलगायतको उपस्थितिमा विपन्न तथा दलित बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो।
वैदेशिक रोजगारीको क्रममा युएईको अलऐन क्षेत्रमा क्रियासिल रहेको नेपालीहरुको सामाजिक सस्था गैर आवासिय नेपाली संघ युएई,क्षेत्रीय समन्वय परिसद अलऐनले एक लाख पचास हजार रुपैयाँ बराबरको न्यानो कपडा बितरण गरेको एनआरएनए,अलऐनका अध्यक्ष उज्वल दाहालले जानकारी दिएका छ्न ।दलित विधार्थीहरुको जाडो छेक्ने सहयोग अभियानबाट कार्यक्रम सफल भएको उनले जनाएका छ्न।न्यानो कपडा वितरण अभियान पहीलै थाले पनी बिभिन्न परिस्थितले वितरण कार्य ढिलो भए पनी सफल भएकोमा आफु खुसी भएको न्यानो कपडा वितरण कार्यक्रमका संयोजक #राम_प्रसाद_ढुङ्गानाले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालले दलित बिद्यार्थीहरुलाई न्यानो कपडा बाडने गैर आवासिय नेपाली संघ प्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीका अभिवावकहरुले आफ्ना नानिहरुको शैक्षिक पठनपाठनमा ध्यान पुर्याउन आवश्यक रहेको र उनिहरुलाई नकारात्मक प्रभाव पार्ने क्रियाकलाप नगर्ने तर्फ सचेत रहन आग्रह गरेका थिए।कपडा वितरण गर्न गैर आवासिय नेपाली संघको प्रतिनिधि भएर गएका सामाजिक अभियान्ता भरत शिवाकोटीले वैदेशिक रोजगारिको क्रममा युएईको अलऐन तथा अन्य क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर संकलन गरेको सानो सानो रकम जाडो छेक्ने दरिलो साधन भएको बताउदै सस्थाको जति नै प्रसंशा गरे नि कम हुने धारणा राख्दै सम्बन्धित देशको कानुनले प्रतिबन्धित गरेको चुनौतीपूर्ण कामलाइ समेत नेपालीको सहयोगी भावनालाई नछेकेको चर्चा गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष रुपलाल यादव लगायतले सहयोगी सस्था प्रती धन्यवाद व्यक्त गरेका थिए।विधालय व्यवस्थापन समितीका अध्यक्ष गणेश महराको सभापतित्वमा र स्थानीय बुद्दिजिवी एवम सामाजिक अभियन्ता मनोजरामको सन्चालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य बिधालयका शिक्षक रामबालक रामले गरेका थिए भने न्यानो कपडा लाउन पाउँदा विधार्थीहरु खुशी देखिन्थे।कार्यक्रममा बिद्यार्थीका अभिवावक एवम स्थानिय ब्याक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।