श्याम थापा/सञ्जय कुशवाहा
त्रिवेणीधाम नवलपरासी २ माघ ।
नवलपरासीको त्रिवेणीधाममा आज मंगलवार भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।
माघे औंसीको अवसरमा पवित्र स्नानका लागि भेला भर्न आएका बेला श्रद्धालु भक्तजनहरु चढेको युपी ५३ बी क्यु ०४३० नं. को भारतीय ट्याक्टर ठटियाखाेला पुलबाट करिब ३० फिट तल खस्दा भारतको गोरखपुर बस्ने ट्याक्टर चालक ५० वर्षे चालक साधु केवटको ज्यान गएको त्रिवेणी प्रहरीले जनाएको हो ।
त्रिवेणी नरायणीमा स्नान गरि फर्कने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिदा अन्य ६ जना गम्भिर घाइते भएका छन् । घाइतेहको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारका लागि पठाईएको छ भने अन्य समान्य घाइते भएका ९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको त्रिवेणी प्रहरी चौकीका सई हरि धोबीले जनाएका हुन् ।
घाइतेहरुमा भारतको गोरखपुर बस्ने बर्ष ५० कि श्रीमती कलावती, वर्ष ५० कि फुलपती देबि, वर्ष ६० कि गङ्गोडा साहानी, वर्ष ६० को सरदार केवट, वर्ष ४५ कि दुर्गावती केवट, वर्ष ४५ का ईश्वर साहानी, वर्ष ४५ का किशोर साहानी र वर्ष ५० को अरबिन्द चौधरी रहेका छन ।
त्रिवेणी मेला भर्न आएका श्रद्धालुहरु यो दोश्रो सवारी दुर्घटना हो । आज विहानै प्रतापपुर सुरजपुरा सडकखण्डमा एक अज्ञात मोटरसाइकलले एक साइकल यात्रीलाइ ठक्कर दिई भागेको थियो ।