पश्चिम नवलपरासी । ईलाका प्रहरी कार्यालय महेशपुरले २ लाख बढिकाे मालसामान लुकाइछिपाइ नेपाल भित्र्याउदै गरेकाे अवस्थामा बरामद गरि नियन्त्रणमा लिएकाे छ ।
बरामद गरिएकाे सामानमा सुट १०० पिस, लेहङ्गा ३ पिस, सल २ पिस, ब्लाउज ४ पिस, लुङ्गी ३७ पिस, लेडिज ज्याकेट ३ पिस र साडी ४ पिस रहेकाे छ । प्रहरिले यसकाे मूल्य अन्दाजी रू. २ लाख ०६ हजार ६ सय बराबर बताएको छ ।
प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिई गएको प्रहरी टोलीले नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं. ०१ बड्की सुनरीबाट बरामद गरेकाे जनाएकाे छ ।
प्रहरीका अनुसार साे मालसामानहरू भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई लुकाई छिपाई गरी राखेको अवस्थामा रहेको कपडाहरु फेला पारीएकाे हाे ।
रितपूर्व बरामद गरी ईलाका प्रहरी कार्यालय महेशपुरमा ल्याई राखिएको र आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भएको र थप अनुसन्धान कार्य भइरहेको जनाइएकाे छ।
साे सामान मिति २०८०।०९।२५ गते अन्दाजी १९:४५ बजेको समयमा बरामद गरिएकाे सूचना अधिकारी रेशम बाेहराले जनाएका हुन् ।