-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

खाेलामा डुबेर एक बालककाे मृत्यु

spot_img
spot_img

नवलपरासी । पश्चिम नवलपरासीकाे प्रतापपुरमा खाेलामा नुहाउने क्रममा डुबेर सुक्रवार एक बालककाे मृत्यु भएकाे छ ।

प्रतापपुर गाउँपालिकाकाे वडा न. ८ फटकी टोल बस्ने बुद्धु मल्लाहको छोरा वर्ष १० का अर्जुन मल्लाहकाे गाउँ नजिकै पुर्वपट्टीको रायपुरवा खोलामा नुहाउने क्रममा अपरान्ह ५ बजे पानीमा डुबेकाे स्थानीयवासीले बताएका छन् ।

खाेलामा डुबेर घाइते भएका मल्लाहलाइ उपचारका लागि लगिएकाे शहिद स्मृति सामुदायिक अस्पताल चौपाताले बेलुका ६ बजे मृत्यु भएकाे जनाएकाे थियाे ।

हिन्दु महिलाहरूकाे पावन पर्व जितिया व्रत बसेका व्रतालु महिलाहरू सांझपख नदी, तलाउ तथा पाेखरीमा नुहाउने चलन छ । साे चलन अनुसार नुहाउन गएका महिलाहरू नुहाउने क्रममा मल्लाह खाेलामा डुबेकाे बताइएकाे छ ।

गतवर्ष प्रतापपुर गाउँपालिकाकाे वडा नं. ६ मा जितिया व्रत मै नुहाउने क्रममा एकैघरका २ जना बालककाे डुबेर मृत्यु भएकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme