ठाढिघाट कुश्तिमेला सम्पन्न

14

संजय कुशवाहा नवलपरासी / मंसिर ७

नवलपरासी जिल्लाको सुस्ता गाउपालीका वाडा न.५ पक्लिहवाको ठाढी घाटमा संचालन गरिएको मेला आज सम्पन्न भएको छ।

Advertisement

मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता कुशिनगर जिल्लाको देवतहा बस्ने मंजेश कुशवाहा पहलवान विजेता बनेका थिए भने दितृयमा सोही गाउका तुफानी यादव पहलवान भने तितृयमा सोही जिल्लाका हाटा बस्ने पवन यादव पहलवानले हाथ पारेका छन ।

प्रथम हुनेलाई एक मुस्ट २० हजार र चाँदिको मुखदर दितृय हुनेलाई १५ हजार नगद र सिल्ड तितृय हुनेलाई एक मुस्ट ११ हजार प्रदान गरिएको थियो ।बिराट कुश्ती दंगल परतियोगीतामा कुल ३३ जोडी प्रतिष्पर्धा गरेका थिए।

सुस्ता गाउपालीका प्रमुख राम प्रसाद पण्डेको अध्यक्षतामा भएको निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य अजय बहादुर शाहीको प्रमुख अथित्यता रहेको थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय ,सो गाउपालिका वडा न ५ का वडा अध्यक्ष प्रभु यादव, समाज सेवी ओम प्रकाश जयसवाल,संजित शर्मा ,रवीन्द्र जयसवाल ,संतोष यादव लागायतको उपस्थिती रहेको थियो।

आउने दिनमा थाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा प्रदेश सभा सदस्य शाहिले जोड दिनु भएको थियो । एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहार बाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।

नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।

Advertisement