-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

spot_img
spot_img

बाजुरा – बाजुराकाे मार्तडी-घटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आइतवार बेलुकी ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । 

बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्रयाक्टर चालक हिक्मत रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो ।

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्रयाक्टर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक बोहराले  बताउनुभयो । लु ४ त ७३०५ नम्बरको ट्रयाक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्रयाक्टर खडीगाड खोलामा खसेको थियो ।

लु ४ त ७३०५ ट्रयाक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टर चालकसहित चार जनाको ज्यान गएको प्रहरी नायब उपरीक्षक बोहराको भनाइ छ । 

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्रयाक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme