नवलपरासी । पश्चिम नवलपरासीकाे सुस्तामा ट्याक्टर दुर्घटना हुँदा सुस्ता गाउँपालिका–५ तरैनीका १३ वर्षीय गोलु भनिने राेहित कमकरकाे ज्यान गएकाे छ ।
सुस्ता–३ स्थित विगैपको भित्री सडकखण्ड कुडियादेखि रतनगञ्ज जाँदै गरेको लु ३ त २८४ नं.को ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा कमकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
घाइते भएका कमकरलाई उपचारका लागि जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बोहराले बताए ।
ट्याक्टर दुर्घटनामा सुस्ता–४ नर्सहीका २१ वर्षीय सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उनीलाई जिल्ला अस्पतालबाट रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।