0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

जुट्न थाले भुकम्प पीडितका लागि सहयाेग रकम, कसले कति दिए …. ?

spot_img
spot_img

काठमाण्डौ – सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितलाई राहत तथा उद्धारको लागि तत्कालै १० करोड रुपैयाँ पठाउने निर्ण गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाका दरले रकम पठाउने निर्णय गरेको हो।

अहिलेलाई यो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पठाउने निर्णय भएको हो । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित कर्णालीका पीडितका लागि एक करोड रकम दिने भएको छ । शनिबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले कर्णालीका भूकम्प पीडितका लागि प्रदेश सरकारले एक करोड रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।
उनले, आजै २० जनाको स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्र पठाउने निर्णय भएको जानकारी दिए । औषधी, स्वास्थ्य उपकरण र अन्य राहत सामाग्रीसहित आज नै टोली कर्णाली जाने उनको भनाई छ।

त्यस्तै, कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेपाली कांग्रेसले जाजरकोट भूकम्प पीडितको उद्वार, राहत र पुनर्स्थापनाका लागि ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली पार्टीका तर्फबाट ५० लाख रूपैयाँ दिने निर्णय भएको हो ।

बुद्ध एअरले भूकम्प पीडितको राहत र उद्धारको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एअरलाइन्सले एक सूचना निकालेर हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध रहेको उल्लेख गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिकामा ६ मा  रहेको ग्रीन सिटि नेपालगन्जले ७७ हजार बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । ग्रीन सिटिका प्रबन्धक रसीद कुरैसीले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

यस्तैमा, प्रहरीले सहयाेग रकम दिनेहरू ठगिनबाट जाेगिन हनुराेध गरेकाे छ ।

सहयाेग रकम जुट्ने क्रम जारी छ ..

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme