जाडोले जनजिवन प्रभावित, काम ठप्प। दलित तथा विपन्न परिवार कठिन परिस्थितीमा

170
वृजराज कुशवाहा, नवलपरासी, २१ पौष ।
विगत एक सातादेखि बढदो शितलहरका कारण नवलपरासीको जनजिवन प्रभावित बन्दै गएको छ । जाडाेले खासगरी वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेका छन् भने किसानकाे काम प्रभावित बनेकाे छ । कार्यालयमा काम गर्ने कर्मचारीलाइ समेत कठिन बनाएकाे छ । स्कुले बालबालिका हैरानीमा परेका छन् ।
तराईमा बर्षेनी हुने शितलहर, बाक्लो हुस्सु र बढदो चिसोले कठ्यांग्रिएर मान्छे मर्ने गरेकाे घटना नाैलाे रहेन तर पनि वर्षेनी धेरैले ज्यान गुमाउन बाध्य हुनु परेकाे छ । स्थानीय तहकाे निर्वाचन पश्चात जनताकाे अपेक्षा स्थानीय सरकारसंग नजिकिएकाे छ । स्थानीय सरकारले नजिकबाट जनताकाे समस्या नियाल्ने छ र समाधान गर्नेछ भन्ने अाशा निराशामा परिणत हुन थालेकाे छ ।
न्युन अाय श्राेत भएका परिवार र दलित बस्तीका वृद्धवृद्धा, बालबालिका, अशक्त तथा विरामी मानिस हैरानीमा परेकाे अवस्था छ । प्रतापपुर गाउंपालिका, सुस्ता गाउंपालिका लगायतका नवलपरासीका अन्य स्थान समेतमा जनजीवन प्रभावित भैरहदा स्थानीय तहबाट कुनै प्रयास नगरिएकाे जनगुनासाे छ ।
गुठी परसाैनी पकलिहवा लगायतका स्थानमा जनजीवन प्रभावित भैरहेकाे र अवस्था दिनहु कमजाेर बन्दै गैरहेकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ का वडा अध्यक्ष रामहरी उपाध्यायले बताउनुभएकाे छ । उहाले मुसहरबस्तिका साथै, अन्य स्थानमा बसाेबास गरेका दलितका साथै कमजाेर अायश्राेत भएका विपन्न परिवार समेत प्रभावित हुन थालेकाे बताए । बढदाे जाडाेमा जीवन बचाउन गाह्राे भैरहेकाे यस अवस्थामा न्यानाे कपडाकाे व्यवस्था हुनुपर्ने बताए । गाउंपालिकाले ठाउंठाउंमा दाउराकाे व्यवस्था गरी अागाे बाल्ने समुचित प्रबन्ध मिलाउनुपर्ने समाजसेवी श्यामकृष्ण अधिकारीकाे सुझाव छ ।
कठिन परिस्थितीबाट गुजरिरहेका छन् जिल्लाका दलित गरिब तथा विपन्न परिवारहरुः
जनजिवन प्रभावित भई आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गएको छ । जाडोले किसानहरुलाई खेतमा काम गर्न कठिनाई भैरहेको छ भने ज्याला मजदुरी गर्ने श्रमिक र जागिर गर्ने कर्मचारीहरु समेतलाई चिसोले काम गर्न अप्ठयारो भएको बताएका छन् ।

जिल्लाको बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा ८ डिग्रि सेल्सियसमा तापक्रम झरेको छ । बढदो जाडोका कारण किसानहरु कामधाम छोडी दिनभरि आगो ताप्नमा बिताउने गरेको पाइएको छ । जाडोले हात खुटा कठन्ग्रिएर काम गर्न अति नै कठिनाई भैरहेको अधिकांश किसान एवं श्रमिकहरु गाउँगाउँमा दाउराको आगोबाली आगो तापेर दिन बिताईरहेका छन् ।

तराई क्षेत्रमा तोरी काटने, गहुँको सिँचाई गर्ने, उखु काटने र तरकारी बालीका काम गर्ने सिजन रहेको बेला किसानहरु चिसोका कारण काम गर्न हिचकिचाई रहेको अवस्था छ । यस्तो चिसोमा पनि कति पय किसान एवं श्रमिकहरु छाक टार्न घर बाहिर काम बाध्य भएका छन् । जाडोले जिल्लाको मुसहर र दलित बस्तीहरुमा झनै समस्या तुल्याएको छ । छाप्रोको घरमा बस्ने गरिब तथा विपन्न परिवार छाँक टार्न यस्तो चिसामा कामकाज गरिरहेका छन् ।

जाडोले बुढापाका, बालबालिकाहरु झनै प्रभावित भैरहेका छन् । तिनलाई जाडो छल्न त न्यानो कपडा छ न त आगोकै व्यवस्था । जाडो छल्ने न्यानो कपडा, शिरक र आगोको व्यवस्था नभएका घरपरिवारका सदस्यहरु जाडोबाट प्रभावित भई विभिन्न रोगका सिकार बन्दै गएका छन् । यता जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकामा पनि जाडोको उस्तै प्रभाव छ । जाडोले यहाँका स्थानियहरु कामकाजमा जान पन्छिरहेका छन् ।

जाडो छल्न सुनवल नगरपालिका बाहेक रामग्राम नगरपालिका र ग्रामिणका प्रतापपुर, सुस्ता, सरावल र पाल्हीनन्दन गाउँपालिकाहरुले दाउरा अथवा आगोको कुनै व्यवस्था नमिलाएको स्थानियबासीकाे भनाइ छ । सरावल गाउंपालिकाले न्यानाे कपडा वितरण गरेकाे जनाएकाे छ । त्यस्तै विकल्प नवलपरासीले युनाइटेड मिशन टु नेपालकाे सहयाेगमा केही स्थानमा न्यानाे कपडा वितरणा गरेकाे जनाएकाे छ ।

अस्पतालमा बढदै छ, विरामीकाे चाप

जाडोले विरामी हुदै अस्पतालमा उपचारको गराउनको संख्या दिन प्रतिदिन बढदै गएको छ । विशेष गरि जाडोमा स्वास्स प्रस्वास, दम खोकी, रुघा खोकी, हाडजोर्नीको दुखाई, टाउको पेट दुखाई, बान्ता र ज्वरोका विरामीको चाप बढदै गएको जिल्ला पृथ्वीचन्द्र अस्पताले बताएको छ । चिकिस्तकहरुले, जाडोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न, झोलिलो खानेकुरा तातो तातो खान, शरिरलाई जाडोले बचाउन सल्लाह दिएका छन् । तराइमा भएकाे यस शितलहरले रूघाखाेकी तथा दमका विरामीलाइ गाह्राे हुनुका साथै उच्च रक्तचापका विरामीलाइ हार्टअटैक हुनसक्ने जाेखिम रहन्छ ।

कसरी छल्ने जाडाे ?
यस माैसममा न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ । ताताेपानी, झाेल, गेडागुडी जस्ताे झाेलिलाे खाना खानुपर्छ । घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्ने गरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ । बन जंगल संरक्षण र बृक्षाराेपण गर्नुपर्छ । अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारमा जानकारी गराउनुपर्छ ।
सावधानीः
जाडाेकाे प्रभावबाट बच्नका लागि घरभित्र अागाे बालेर झ्यालढाेका थुनेर सुत्ने गरेकाे पनि पाइन्छ तर यसाे गर्नुहुदैन । बाहिरबाट अाउने हावा राेक्नुहुदैन । अागाे बाल्दा अक्सिजन नष्ट हुनेहुनाले हावा अाउने पर्याप्त खुला स्थान पनि हुनुपर्छ ।