13.1 C
New York
Monday, March 17, 2025

Buy now

spot_img
spot_img

जलवायु परिवर्तन तथा बाढी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

spot_img
spot_img

उमेश बि.क / नवलपरासी, २८ मंसिर

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ र ८ मा १ दिने जलवायु परिवर्तन तथा बाढी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्नलाभ कार्यक्रमकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा जलवायु परिवर्तन तथा बाढी सम्बन्धि सचेतना कार्यक्रम प्रतापपुर गाउँपालिका वडा नं. ७ जीवन ज्याेति प्रा.बि झुलनिपुर र वडा नं. ८ डम्बरबहादुर नि.मा.बि पिपरपातिमा अाज
सम्पन्न भएको हाे।

जीवन ज्याेति प्रा.बि झुलनिपुर प्र.अ घनश्याम खवाह तथा डम्बरबहादुर नि.मा.बि पिपरपातिकाे प्र.अ मनाेज थापाकाे अध्यक्षतामा १ दिने जलवायु परिवर्तन तथा बाढी सम्बन्धि सचेतना कार्यक्रम छुट्टाछुट्टै स्थानमा अाज सम्पन्न भएकाे हाे ।

सो परियोजनाअन्तर्गत बिद्यालय बालबालिकालाई विपद् व्यवस्थापन, त्यसबाट आउन सक्ने जोखिम र त्यसबाट बच्न सकिने तथा वर्षातको समयमा खोलाको कटान र डुबानबाट बच्नका लागि स्थानीयस्तरमा विपत् व्यवस्थापन पूर्व तयारी, उद्धार , पारिवारिक सुरक्षा योजना ,गाउँघरमा सबैभन्दा बढी जोखिम रहेको बाढी र डुबान, त्यसपछिको समस्या सर्पको जोखिम, चट्याङ र हावाहुरी, आगलागी, खेतीयोग्य जमिनको कटान र नोक्सान र त्यसबाट बच्ने विधिका बारेमा ज्ञान प्रदान गरिएको हो ।

कार्यक्रमकाे सहजिकरण बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्नलाभ कार्यक्रमका फिल्ड अपिसर रामनगिना गुप्ता र उमेश बि.क ले गर्नुभएको थियाे।

साे सचेतना कार्यक्रममा जीवन ज्याेति प्रा.बि झुलनिपुर तथा डम्बरबहादुर नि.मा.बि पिपरपाति गरि ५०९ जना बिद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme