चितवन र नवलपरासीवासीलाइ सजग रहन जल तथा माैसम विभागकाे चेतावनी

9

वृजराज कुशवाहा, श्रावण ९

नेपालकाे पहाडि भूभागमा लगातार भइरहेकाे वर्षाका कारण विभिन्न नदीहरूकाे जलस्तरमा व्यापक निरन्तर थपघट भइरहेकाे छ ।

वर्षा तथा बाढीबारे अग्रिम जानकारी दिएर सजग गराउदै अाएकाे जल तथा माैसम विभागले सुक्रवार विहान चितवन र नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूलाइ आज बेलुका सम्म उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

सूचनामा भनिएकाे छ, नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो रहेको छ, खतरा तह भन्दा तलै हुने संभावना रहेकाे छ ।

नारायणी नदीमा दाउरा टिप्न गएका सुस्ताका एक व्यक्ति अाज सुक्रवार साउन ९ गते विहानै नारायणी नदीले बगाएकाे छ । नारायणी नदीले यसअघि एक अर्का युवकलाइ साउन ६ गते नै बगाएकाे थियाे । विस्तृत जानकारीका लागि यहां क्लिक गर्नुहाेला ।