नवलपरासी भदाै २८ ।
चर्को ब्याजदरमा लिएको ऋण र ब्याज समयमै तिर्न नसकेका नवलपरासीका एक व्यापारी अाफु डुब्न थालेकाे तथा ऋण र ब्याज तिर्न नसक्ने महशुस गरेपछि फरार भएको चर्चा छ । सावा व्याज असुल्नका लागि साहुहरुले दबाब दिन थालेका थिए ।
श्री श्याम मिष्ठान भण्डार परासीका सञ्चालक मनाेज कुमार गुप्ता (भैरहवा) लाइ विभिन्न व्यक्तिहरुले मासिक ५ देखि १० प्रतिशत ब्याजदरमा ८० लाख भन्दा बढि ऋण दिएका थिए । गुप्ताले साे सावा व्याज नै नतिरी फरार भएकाे बताइएकाे छ ।
परासी बजारमा वि.सं २०७० सालमा प्रवेश गरेका गुप्ताले विभिन्न व्यक्तिहरुबाट ब्याजमा लिएको करिब १ करोड रुपिया साहुलाइ नतिरेकाे दावी गरिन थालिएकाे छ । यति मात्र हाेइन, उनी विभिन्न दुग्ध डेयरी बाट ल्याएको दुधकाे पैसा, फर्निचरको पैसा र विभिन्न सामानको पैसा पनि तिर्न बाकी रहेकाे चर्चा छ ।
गुप्ताले श्री श्याम मिष्ठान भण्डार संचालन गरिरहदा करिब ६ महिना पश्चात स्थानीय व्यापारीहरुसित लागेर जग्गा किनबेचमा सहभागि भएका थिए । उनी गाडीपनि भाडामा चलाउन भनि किने । त्यति मात्र होईन भण्डारकै छेउमा एक अर्काे व्यस्थित होटेल श्री श्याम एण्ड रेष्टुरेण्ट पनि घर भाडामा लिइ संचालन गरे । यसरी ऋणमा लिएको पैसा अनावश्यक क्षेत्रमा फंसाउन थालेपछि गुप्ता बर्वादीको मुखमा फस्न पुगेकाे स्थानीयकाे बुझाइ छ ।
भदाै २३ गते गुप्ताको परिवारले मनोज गुप्ता अपहरणमा परेको भन्दै खोज तलास गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । गुप्ताले लिएको ऋण समयमै तिर्न नसकेपछि उनर्लाइ अज्ञात समुहले अपहरण गरी वेपत्ता बनाएको भन्दै उनका परिवारले प्रहरीमा उजुरी दिएका हुन् । भैरहवा घर भएका गुप्ताको विहिवार राती देखी सटर बन्द देखिएपछि गुप्ता भागेको परासी भरि हल्ला सुनिन थालेकाे थियाे ।
यता गुप्तालाई ऋण दिएका दर्जनाें व्यक्तिहरु गुप्ताको खोजतलास गरि दिएको रकम फिर्ता गराउन भन्दै प्रहरीमा निवेदन दिएका छन् । प्रहरीमा परिवारले अपहरण भएको र स्थानियले ऋण असुलीका लागि निवेदन दिएपछि घटना रहस्यमय बन्दै गएको छ । ऋण दिने ब्यतिले ऋण तिर्न नसकेर भागेको भन्दै आएका छन् ।