नवलपरासी । मंगलवार बिहान चट्याङ लागेर सुस्ता गाउँपालिकामा एक स्थानीय महिलाकाे ज्यान गएकाे छ ।
बिहान चलेकाे हावाहुरिकाे समयमा अाफ्नै बगैचातिर गएकाे बेला परेकाे चट्याङ लागेर सुस्ता गाउँपालिका वडा नं. ५ तरैनी गाउं बस्ने वर्ष २८ की पुनम कुशवाहाकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएकाे छ ।
चट्याङ लागेर घाइते भएकी पुनमलाइ उपचारका लागि अस्पताल लगिदा चिकित्सकले उनलाइ मृत घाेषित गरेका थिए ।
एक छाेरा र एक छाेरी रहेकी पुनमकाे श्रीमान राेजगारीकाे शिलशिलामा सउदी अरबमा हुनुहुन्छ । घटनाकाे खबर पाइ श्रीमान् ओम प्रकाश कुशवाहा घर फर्किन लागेकाे परिवारिक श्राेतले जनाएकाे छ । उनी घर फर्कीसकेपछि मात्र कानुनी प्रकृया पुरा गरिए पश्चात शवकाे शदगत गरिने बुझिएकाे छ ।