चन्द्रयान–३ पछि जापानले पनि चन्द्रमाको सतहमा अवतरण गर्ने अभियान सुरु गरेको छ ।
खराब मौसमका कारण धेरै स्थगित भएपछि बिहीबार बिहान जापानको मुन ल्यान्डर मिशन (स्लिम) सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
SLIM (Smart Lander for Investigating Moon) नामको यो मिसन करिब पाँच महिनाभित्र (फेब्रुअरीसम्म) चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ ।
इसरोले ट्वीटमा लेखेको छ, ‘चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफल प्रक्षेपणको लागि जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई बधाई छ। अर्को सफल चन्द्र अभियानको लागि विश्व अन्तरिक्ष समुदायबाट शुभकामना।
यदि यो मिसन सफल भयो भने, जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौं देश हुनेछ।
हालसम्म विश्वका चार देश अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् ।
जापानको यो परियोजना १० करोड डलरको छ ।
यस मिशनको प्रक्षेपण पछि, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन अर्थात ISRO ले जापानलाई बधाई दिएको छ।