0.2 C
New York
Saturday, November 30, 2024

Buy now

spot_img
spot_img

घाँटी काटी भएको हत्यामा संलग्न ३ जना पक्राउ

spot_img
spot_img

नवलपरासी । जिल्लाकाे पाल्हिनन्दन गाँउपालिका वडा नं. ५ बस्ने रोशन भन्ने सुर्य कुमार बढईलाई आफ्नै घरको कोठाभित्र भाईसंगै खाटमा सुतिरहेको अवस्थामा घारिलो हतियार प्रहार गरी हत्या गरेको आराेपमा ३ जनालाइ प्रकाउ गरी जिल्ला प्रहरीले कार्वाही चलाएकाे छ ।
घटना साउन १४ गते बिहान करिब ०४:२० बजेको समयमा भएकाे थियाे ।

घटनाकाे खबर पाइ तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा घटनास्थलमा टोली खटि गएकोथियाे । सो घटनाका सम्वन्धमा सुक्ष्म रुपमा बुझ्दै जादा घटनामा संलग्न देखिएका ति व्यक्तिहरुलाई नियन्त्रणमा लिई नवलपरासी जिल्ला अदालत परासीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा जिल्ला नवलपरासी(ब.सु.प.) पाल्हिनन्दन गा.पा. वडा नं. ०६ बस्ने पल्लु भन्ने सत्यनारायण बढईको छोरा वर्ष ३० को जोगिन्दर बढई, पाल्हिनन्दन गा.पा. वडा नं. ०६ बस्ने बर्ष २० को सुरज राजभर र परिवर्तित नाम २०८१ वर्ष १७ ब कुमार रहेकाे प्रहरी तथ्यांकले देखाएकाे छ ।

प्रहरी अनुसन्धानमा हालसम्म खुल्न आएका तथ्यहरु जिल्ला प्रहरीले सार्वजनिक गरेकाे छ । मिति २०८१/०४/११ गते प्रतिवादी जोगिन्दर बढईको श्रीमतिलाई आफन्तको घरमा पुर्‍याउन मृतक रोशन भन्ने सूर्य कुमार बढईले मोटरसाइकलमा राखि जाँदै गर्दा बाटोमा जोगेन्दरसंग भेट भएपश्चात विवाद शुरु भएको ।

  • सो विवादसंगै निजले मृतकसंग बदलाको भावना राखी रिसिईवी साँधेको, सो कुरा जोगिन्दरको साथी सुरज राजभर र परिवर्तित नाम २०८१ वर्ष १७ ब कुमारलाई जानकारी गराई निजलाई तह लगाउनु पर्छ भनी १३ गते बेलुकी गाउँको कुटिया माई मन्दिरमा बसि गाँजा सेवन गर्दै सोही स्थानमा बोलाएको,
  • सो स्थानमा मृतक साथिहरु समेतको साथमा मोटरसाइकलमा आएपश्चात जोगिन्दर र सुरज लुकेकोले ब कुमारले दुईजना बिचको विबादको विषयमा जिज्ञासा राखि कुनै निस्कर्ष बिना नै रोशनहरु फर्केको ।
  • त्यसपछि प्रतिवादीहरु ३ जना बेलुकि गाउको पसलमा मादक पदार्थ समेत सेवन गरि सो रात मृतकको घर नजिक बगैचामा गाँजा सेवन गर्दै बसेको ।
  • जोगिन्दर बढईले साथमा लिई आएको पखुवा(धारिलो हतियार) लिई रोशन सुतेको ठाउमा गई बिहानपख लगभग ०४:०० बजेतिर घटना घटाई उक्त हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाई निजको आफ्नो UP 56 AA 2789 मा भारततर्फ भागि गएको
  • अन्य २ जना गाँउघरमा नै बसेको ।

तत्पश्चात खोजतलास गर्दै जाने क्रममा मिति २०८१।०६।२३ गते निज प्रतिवादी जोगिन्दर बढई आफ्नै घरमा आई लुकिछिपि बसेको छ भन्ने सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट प्रहरी टोली खटी गई निजलाई पक्राउ गरी हतियार समेत बरामद गरी यस कार्यालयको हिरासतमा राखी अनुसन्धानको क्रममा घटनामा संलग्न देखिएका अन्य दुई जना समेतलाई पक्राउ गरिएको ।

नवलपरासी जिल्ला प्रहरीका सूचना अधिकारी नायब प्रहरी उपरिक्षक रेशम बाेहराले दिएकाे जानकारी अनुसार यस बिषयमा थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme