बर्दघाट १ फाल्गुन ।
ग्रामिण साकोसको ३० औं स्थापना दिवसको अवसरमा ग्रामीण वाल्मिकी बचत तथा ऋण सहकारी सस्था लि. केन्द्रिय कार्यालय बर्दघाट ७ जिमिरेभार पश्चिम नवलपरासीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा केन्द्र पश्चिम नवलपरासीको प्राबिधिक सहयोगमा मंगलवार ग्रामिण साकोसको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण साकोसको ३० औं स्थापना दिवसको अवसरमा सस्थाले आ.ब २०८० । ८१ को अर्धबार्षिक समिक्षा गर्ने कार्यक्रम रहेको र संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवा बाहेक अन्य सामाजिक कार्यहरु गर्दै आएको हुदा, अस्पतालमा बसेका विरामीहरुलाई रगत अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको विजय ज्ञवालीले बताउनुभयो । रक्तदान कार्यकममा १७ जना पुरुष र ७ जना महिला समेत गरि २४ जनाले रक्तदान गर्नुभएको थियो ।
यसै गरी उक्त संस्थाले ३०औं स्थापना दिवसकै अवसर पारी अर्धबार्षिक समिक्षा समेत गरेको थियो । २०५१ सालमा स्थापना भएको ग्रामीण वाल्मीकि बचत तथा ऋण सहकारी सस्था नमुना सहकारी संस्थाको पहिचान बनाएको उक्त संस्थामा हाल १२ हजार ३ सय ३३ जनाशेयर सदस्य रहेको सस्थाका व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभयो । संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवा बाहेक सामाजिक सुरक्षाका विभिन्न सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ ।सस्थाका अध्यक्ष रबिन्द्र बिक्रम हमालको अध्यक्षता तथा सस्थाका ज्येष्ठ शेयर सदस्य होम नाथ उपाध्याय ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सस्थाका व्यवस्थापक अनन्त पाण्डेले आ.ब २०८० । ८१ को अर्ध वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नु भएको थियो ।