अस्मिता भुषाल, बर्दघाट,असोज १४ ।
पश्चिम नवलपरासीमा रहेको ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाटको ३१औँ बार्षिक साधारणसभा सोमबार देखी ईकाईगत रुपमा शुरु भएको छ ।
सोहि अनुरुप सोमबार स्वर्णिम सेवा केन्द्र बर्दघाट ९ भुताहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रबिन्द्र बिक्रम हमालको अध्यक्षता तथा बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै, प्रमुख अतिथि चापागाईंले सहकारीमा आवद्ध सदस्यहरु स्वयं सस्थाको मालिकहुने तर बैंकमा आबद्ध हुदा सधै ॠणि मात्र रहिरने हुदा सहकारी लाई आफ्नो मानी इमानदारी पुर्वक कारोबार गरेमा सदस्य हरुको जिवनस्तर उकासिने बताउनु भयो।
उहाँले सहकारीले आफ्ना सदस्य हरुलाई स्वावलम्बन बनाउन उद्धमशिल कार्यक्रमहरु ल्याई समुदायमा सचेतनामुलक कार्यक्रम गरेमा सहकारी अझ उत्कृष्ट हुने कुरामाथि जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्षको मन्तव्य राख्दै संस्थाका अध्यक्ष हमालले यस सहकारी लाई सहकारिको मूल्य,मान्यताको अवलम्बन र असल अभ्यास लाई अनुसरण गर्दै बित्तीय सेवालाई प्रतिस्पर्धि, गुणस्तरीय लागत प्रभावकारी र आवस्यकतामा आधारित समय सापेक्ष बनाइने बताउदै सस्था लाई अझै उचाइमा पुर्याउन हाल सम्मको सफलतालाई कायम राखि सदस्य सेवामा तीव्रता प्रदान गर्दै सस्थाको परिकल्पना “उत्कृष्ट सस्था,सन्तुष्ट सदस्य “लाई प्राप्त गर्न आफू लागि परेको बताउनु भयो।
सो अबसरमा अतिथीहरु सस्थाका सल्लाहकार देबी प्रसाद अधिकारी, संस्थाका पुर्व अध्यक्ष बसन्त कुमार रेग्मी, बर्दघाट ९ का वडा सदस्य बलिन्द्र बिक्रम शाही, पञ्चनगर महिला कल्याण सहकारी संस्थाकी कार्यवाहक अध्यक्ष सुशीला पराजुली लगायतले मन्तव्य राख्नु भएको थियो।
सस्थाको गत बर्षको आर्थिक २०८०/०८१, को प्रगति विवरण तथा आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सस्थाका सह सचिव कृष्ण प्रसाद गौतमले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष मुरली कृष्ण खनालले संस्थाको कुल १ अरब २२ करोड ८३ लाख २५ हजार बराबरको आय व्यय बिबरण प्रस्तुत गर्दै सस्थाले २ करोड ४४ लाख ९ हजार नाफा गरि २ करोड ९ लाख ८२ हजार बराबर
ऋण सुरक्षण कोषमा जम्मा हुदा ३४ लाख २६ हजार मुनाफा गर्न सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा सम्योजक भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको थियो ।
नवलपरासी जिल्ला कार्य क्षेत्र रही बर्दघाट ७ मा केन्द्रिय कार्यालय रहेको यस ग्रामीण बाल्मिकी साकोसमा ७ हजार ७९ जना महिला र ५ हजार ३ सय ३९ जना पुरुष र ९ संस्थागत गरी १२ हजार ४ सय २७ सदस्य र २ हजार २ सय १८ बाल सदस्य रहेको सस्थाले बर्दघाट ४ मा बर्दघाट सेवा केन्द्र, बर्दघाट १६ मा दाउन्नेदेवी सेवा केन्द्र, बर्दघाट १३ मा धनेवामा उदय र मिरमिरे सेवा केन्द्र, बर्दघाट ९ भुताहा मा स्वर्णिम सेवा केन्द्र र प्रतापपुरको गोपिगञ्जमा बाल्मिकी सेवा केन्द्र सहित ७ स्थान बाट सेवा दिईरहेको सस्थाका ब्यबस्थापक अनन्त पाण्डे ले बताउनु भयो।
सस्थाका संचालक समिती सदस्य एवम स्वर्णीम सेवाकेन्द्र ब्यबस्थापन उपसमितिका संयोजक छबिलाल तिमल्सिनाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सह-सचिव कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो भने सभाको अन्तिममा ११ जना सदस्यलाई चिठ्ठाद्धारा उपहार प्रदान गरिएको थियो ।
सस्थाको प्रत्येक सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा गर्दै यही असोज २१ गते सस्थाको केन्द्रिय कार्यालमा ३१औँ साधारण सभा सम्पन्न गर्ने आयोजक ले बताएको छ।