1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

गाेलिकाण्डमा संलग्न भएको आरोपमा ३ जना पक्राउ

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट, २८ मंसिर २०८१ ।
पश्चिम नवलपरासी जिल्लाको सुस्तामा बिहीवार साझ भएको गोलिकाण्डमा संगलग्न रहेको आसङ्कामा ३ जना पक्राउ परेका छन ।
सुस्ता गाउँपालिका वडा नं. २ महलबारी स्थित मुसहर टोलमा भएको गोलिकाण्डमा संलग्न रहेको सुस्ता २ बस्ने बर्ष २३ को रोहन महतोको हत्या गरेको आशङ्कामा प्रहरीले ३ जनालाई  पक्राउ गरी पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेकाे हाे । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउँपालिका वडा न २ महलबारी बस्ने क्रमशः  गम्हा भनिने बर्ष २२ का बिशाल मुसहर,  बर्ष २१ का मोहन थारु र  बर्ष १८ का साहिल थारु रहेका छन् ।
प्रकाउ परेका ३ जना मध्येमा मोहन थारु र साहिल थारुलाई प्रहरीले घटना स्थलबाटनै नियन्त्रणमा लिएको थियो भने घटना स्थलबाट फरार रहेका विशाल मुसहरलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा सुस्ता गाउँपालिकाको वडा न ५ पक्लिहवाबाट  प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । 
सामान्य वेल्डिङ काम गर्दै आएका उनिहरूले आफैंले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएकाे प्रारम्भिक अनुसन्धानमा खुलेको छ। सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य एक पसलमा उनिहरू ४ जना साथीहरू मिलेर संगै मदिरा सेवन गरि सामान्य  विवाद भएपछि महतोमाथि गोली प्रहार गरी भागेको  बताइएको छ ।
गोलि प्रहार भए पछि महतोको आँखाको भागमा तल माथी गोलिको छर्राले दुई वटा प्वाल परेको र महतोलाई उपचारका लागि  पृथ्वीचन्द्र अस्पताल परासी पठाएको थियो र गोलि लागेका महतोलाई अस्पतालले मृत घोषणा गरेको बताएको छ ।
उनीहरूको साथबाट प्रहरीले स्थानिय रुपमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ । पेस्तोल बनाउन आवश्यक सामाग्रीहरु सिमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ ।उनिहरुमाथि ज्यानसम्बन्धी तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme