गाेर्खाकाे उपल्लाे भेगमा भारी हिमपात, जनजीवन प्रभावित (फाेटाे फिचर सहित)

29
वृजराज कुशवाहा,
नवलपरासी माघ १० गते ।
गएरातीदेखि गाेर्खामा भारी हिमपात भएकाे छ । जिल्लाकाे चुन नुब्री गाउंपालिकामा भएकाे हिमपातले जनजीवन अस्तव्यस्त बनेकाे वडा नं १ का वडा सदस्य मीङमार लामाले बताए । उनले भने “सामागाउंमा अहिलेसम्मकाे सबभन्दा ठुलाे हिमपात हाे । स्थानीयवासीहरू हिमपातका कारण घरबाहिर निस्कन सकेका छैन । जसले स्थानीयवासीकाे दैनिकी कष्टकर बनेकाे छ ।”
लगातार भएरहेकाे हिमपातका कारण बालक तथा वृद्धलाइ सबभन्दा बढी असर पारेकाे अवस्था छ । घर बाहिरमा हुने सबै काम ठप्प हुन पुगेकाे छ । अावतजावत समेत ठप्प हुन पुगेकाेले अावश्यक खाद्यान्न समेतकाे अभावकाे सामना गर्नुपरेकाे समाजसेवी तेञ्जिङ लामाले बताए ।
विगत लामाे समयदेखि घाम नलागेकाे बाध्यताका बीच भएकाे यस ठुलाे हिमपातले खाेलाकाे पानी समेत जमेकाे छ । बाटाेमा समेत हिउं जमेकाले बाटाे बन्द भएकाले पर्यटक नअाउनुका साथै अति अावश्यक सरसामानकाे अभाव हुन थालेकाे स्थानीयले बताएका छन ।
 भारी हिमपातका कारण बाहिर निस्कने अवस्था नभएपनि कठिन परिस्थितीमा गस्ती गर्नु परेकाे सामागाउं प्रहरी चाैकीका प्रहरी जवान सन्ताेष यादवले बताए । उनले भने “भारी हिमपातका कारण जहां एकातिर जनजीवन कठिन बनेकाे त्यहीं भारी हिमपात भएपछि स्थानीयवासी खुशी भएका छन् । उनीहरूले अाउदाे सिजनकाे बाली राम्राे हुनुका साथै फागुनदेखि यासर्सागुम्बा पनि राम्राे पाइने बताएका छन ।”