गाऊपालिका स्तरिय किशोर किशोरी संजालको गठन सम्पन्न

43

सहबान अन्सारी, साउन ४ ।

नवलपरासीको सरावलमा गाउपालिका स्तरिय किशाेर किशोरी संजाल आज सनिवार गठन गरिएको छ ।

किशोर किशोरीहरुलाई शिक्षा, स्वास्थ्य, मनोरन्जन, बहस तथा पैरवी सम्बन्धी समस्या सामाधान गर्ने मुल उद्देश्यको साथ संजालकाे गठन गरिएको निशाले बताउनु भयो ।

समाजसेवी हिरालाल यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गाउपालिकाको करिब २३० किशोर किशोरीहरुको सहभागिता रहेको थियो।

स्ट्रोम फाउन्डेशनको सहयोगमा गाऊपालिकाको वडा नं १ देखी वडा नं ५ सम्मको करिब २७ वटा समुह बाट १ वटा मुल समिति गठन गरिएको छ ।

नवगठित समितिमा अध्यक्ष ममता कुमारी चौधरी, उपाध्याक्ष दुर्गा कुमारी चौधरी, काेष अध्यक्ष सरिता थारु, सचिव सकुन्तलाा, सदस्यहरु सृष्टि महतो, सुसिला गुप्ता, कल्पना चौधरी रहनु भएको छ ।