नवलपरासी, असोज २९ ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउपालिकाको विरोध गरीएको छ । गाउपालिका कार्यालयको नयाँ भवन निमार्ण गर्नको लागि गरीएको शिलान्यासलाई स्थानियले विरोध जनाएका छन् ।
आज विहान १० बजे प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेल द्धारा गरीएको मुख्य प्रशासानिक भवनको शिलान्यास कार्यलाई स्थानियले चर्को विरोध गरेका छन् ।
विवादित बन्दै आएको गाउपालिकाले झन विवादित जग्गामा सार्वजनिक तथा गाउपालिका कार्यालय बनाउने तयारीले आलोचना शुरु भएको छ ।
गाउपालिकाले प्रशासनिक भवन निर्माणको लागि छुट्याएको जग्गामा पहिला देखि नै विभिन्न मुद्धाहरु परेका छन् । त्यो जग्गामा पोखरी रहेको र हिन्दु धर्मावम्बीहरुको अस्थाको रुपमा रहेको छठ पर्व पुजा गरीने ठाँउको भौतिक संरचना ( पुजा गर्ने स्थल) लाई भत्काएर पोखरीमा माटो पुरीएकोले विरोध हुँदै आएको छ ।
गाउपालिका भवन निमार्णको लागि अन्य ठाँउमा जग्गा हुदाँहुदै पनि त्यही पोखरीलाई पुरेर कार्यालय बनाउन के आवश्यक रहेको स्थानियको भनाई छ । हिन्दुहरुले पुजा गर्ने ठाँउलाई गाउपालिका प्रमुखले एकलौैटि हस्तक्षेप गर्न कतिपनि अधिकार नरहेको स्थानिय नागरीक तथा महिलाहरुले भनेका छन् ।
सरकारले पोखरी संरक्षण गर्नको लागि एकातिर लागानि गर्दै छ भने यता गाउपालिकाले पोखरी पुरी कार्यालय बनाउने भनेपछि स्थानिय जनताले पोखरी संरक्षको लागि पुनरावेदन अदालतमा मुद्धा दायर गरेका छन् । मुद्धामा रहेको त्यो जग्गाको फैसला नहुदाँ हुदैं कसरी सकारी कार्यालय बन्ने भनेर स्थानियले आज टायर बाल्दै विरोध गरेका हुन् ।
गाउपालिका कार्यालय बनाउनको लागि छुटयाईएको जग्गामा ३ वटा किता रहेको छ । ति ३ किता मध्ये १०८ स्वास्थ्य चौकीको जग्गा हो भने १०६ र १०७ पोखरीवाला जग्गा रहेको छ ।
पोखरी पुरीएर गाउपालिका कार्यालय बनाउने योजना बनाउदा स्थानियले यि तिन वटै कितालाई एउटै मा राखेर मुद्धा गरेका थिए । तर अहिले गाउपालिका कार्यालयले विवादित जग्गालाई छोडेर किता नं. १०८ स्वास्थ्य चौकी को जग्गामा बनाउन लागेको बताएको छ तर त्यो पनि संगै मुद्धामा परेको स्थानिय हरीहर चौहानको भनाई छ ।
यसरी स्थानिय नागरीकको मनविपरीत गरीएको कामले स्थानियहरुले गाउपालिकाको कार्यालय शुरुमा कुश्मा र पारसियाको विचमा परसिया चोकमा रहेको थियो ।
गाउपालिकाले केहीदिन वित्दा कार्यालयलाई बेलासपुर चोकमा सारेको थियो । गाउपालिका परसियाबाट बेलासपुर चोकमा सार्दा कुश्मा, परसिया लगायतका स्थानियले विरोध जनाएका थिए ।
पटक पटक विभिन्न विरोध भएको कारणले नवलपरासी पश्चिमको पाल्हीनन्दन गाँउपालिका एकाएक चर्चामा आएको छ । गाउपालिकाको एक वर्षको कार्यकालमा करीब दुई दर्जन मुद्धाहरु परेका छन् ।