गरिबीका रेखामुनि रहेका जनतालाई सरकारले अबिलम्ब राहत दिनुपर्छ : सांसद कण्डेल

20

उमेश बि.क / नवलपरासी, १६ चैत

नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलले गरिबीका रेखामुनि रहेका जनतालाई सरकारले अबिलम्ब राहत दिनु अाग्रह गर्नु भएको छ।

ज्यालादारी , असहाय ,गरिबकाे रेखामुनि जाे रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धाैँ धाैँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज सरकारले पुर्याउन जरुरी रहेकाे छ ।

यश बिपतकाे घडीमा हामी सम्पूर्ण राजनीति दलका प्रतिनिधि,समाजसेवी तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको छ ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदाय अाग्रह गर्नु भएको हाे।

नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै आफ्नो निर्वाचन क्षेत्र तथा नेपाल सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

अाफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै काेराेनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन पुर्ब गृहराज्यमन्त्री तथा सांसद देबेन्द्रराज कण्डेलले अाग्रह गर्नुभएको छ।

आफनो एक महिनाको तलब नेपाल सरकारद्धारा कोरोना भाइरस विरुद्ध लडन गठित केन्द्रीय राहत कोषमा दिइने जानकारी गराउदै काेराेना भाइरस प्रतिको जोखिमलाई उच्च सतर्कता अपनाउदै सपरिवार(५ सद्स्य)निजी निवास महेशपुर नवलपरासी मै सेल्फ क्वारेन्टाइनमा रहेकाे जानकारी गराउनुभएकाे छ।

नवलपरासीको साताै स्थानीय तह क्वारेन्टाइन निर्माण गरिसकेको भए पनि कार्य चुनाैतिपुर्ण रहेकाे छ । किनभने क्वारेन्टाइन निर्माण गरेर मात्र भएन त्यहाँका प्राबिधिक तथा डाक्टरकाे पनि उपस्थिति हुन पर्याे र डाक्टरलाई सुरक्षित गर्नकाे लागि सामाग्री उपलब्ध गराइ दिन पर्याे ।
डाक्टर सुरक्षित रहेमात्र उसके अरुलाई सुरक्षा गर्छ तसर्थ यश बिषयमा केन्द्रीय सरकारले ध्यान दिइयोस् भन्ने अाग्रह गर्नु भएको हाे।

उहाँले स्थानीय नागरिकलाई सम्बाेधन गर्दै भन्नुभयो, ‘सरकारले नागरिकको सुरक्षाका लागि गरेको लकडाउनलाई पुर्णरुपले पालन गरौं, यदि हामी कोहि भारत लगायत अन्य देशबाट नेपाल आएका छांै भने चेकजाँच गरेर होमक्वारेन्टाइनमा बसांै, शंका लागेमा पृथ्वीचन्द्र अस्पतालमा जाउँ, हामी पुर्ण अनुशासित भएर घरमै बस्यौँ भने काेरोना संक्रमणलाई परास्त गर्न सक्छौं ।’

‘हामीले इटाली, स्पेन लगायतका देशमा लापरबाहीबाट भएको क्षति अनि चिनले आफुलाई नियन्त्रणमा राखेर कोरोना माथि गरेको बिजयबाट सिकौं’ सांसद कण्डेलले भन्नुभयो ।