गण्डकमा पानी बन्द हुदा विद्युत उत्पादन बन्द

6

पप्पु रेग्मी, नवलपरासी ।

मित्रराष्ट्र भारतले गण्डक नहरको नीरिक्षण, मर्मत तथा सरसफाईका लागि २ महिना पानी बन्द गरेकाले गण्डक जल विद्युत केन्द्र सुरजपुरामा विद्युत उत्पादन बन्द भएको छ ।

भारतीय पक्षले गण्डक नहरमा पानी बन्द गरेपछि विद्युत उत्पादन शुन्यमा झरेको प्रशारण लाईन विद्युत सव स्टेशन बर्दघाटका फोर मेन केवल प्रसाद पौडेलले बताए ।

यस गण्डक मर्मत कार्यमा वर्षेनी गुणस्तरहिन सामाग्रीहरुको प्रयोग गरिने हुदा मर्मत गरेका नहरका डिलहरु वर्षेनी भत्किने गरेको स्थानीयबासीले बताए ।

वर्षेनी भारतले आफ्नो मात्र अनुकुल हेरी नेपालको समस्यालाई न हेरीकनै आफ्नै किसिमले प्रत्येक वर्ष सुख्खा समयमा मात्र चैत्र बैशाख महिनामा नहरमा पानी बन्द गरी नहरको सरसफाई, मर्मत सम्भार गर्ने कार्यले गर्दा विद्युत उत्पादन केन्द्रमा विद्युत उत्पादन बन्द हुदै आएको सव स्टेशनका फोरमेन पौडेलले बताए ।

भारतले गत मार्च २६ तारिख देखि मई २६ तारिखसम्मका लागि गण्डक नहरमा पानी बन्द गरी भत्किएका संरनाहरुको मर्मत सम्भार र सरसफाई गरिरहेको गण्डक जल विद्युत केन्द्र सुरजपुराले जनाएको छ । दैनिक १५ मेगावाट विद्युत उत्पादन क्षमतावान रहेको यस विद्युत उत्पादन केन्द्रमा तिन वटा टर्वाईन जडान गरिएका छन् जसमध्ये २ वटा टर्वाईन मात्र सञ्चालनमा रहेको छ ।

यस केन्द्रमा रहेका टर्वाईनहरु जिर्ण भएकाले टालटुल गरी टर्वाईन नम्बर २ र ३ बाट मात्र विद्युत उत्पादन हुदै आएको छ । टर्वाईन नम्बर १ बिग्रिएर मर्मत गर्नकठिनाई भएको हुदा सञ्चालन भएको छैन । यि टर्वाईनहरु मर्मतको भरमा सञ्चालित भई रहेका छन् ।

जसमध्ये हालमा २ वटा टर्वाईनबाट ६.५ प्रतिशत मात्र विद्युत उत्पादन भै रहेको विद्युत उत्पादन केन्द्रले जनाएको छ । यस केन्द्रबाट विद्युत कम उत्पादन हुदा विद्युत आपूर्तिमा कमि भएको हो ।

भारतको विहार भैंसालोटनबाट हालमा दिनहुँ २५ देखि ३० मेगावाट सम्म विद्युत खरिद गरिएको गण्डक जल विद्युत केन्द्र सुरजपुराले जनाएको छ । यता आफनो २ महिनका लागि बन्द भएको पावर हाउसबाट ३ सय ९० मेगावाट विद्युत घाटा लाग्ने जनाएको छ ।