कृषि सुपर जोनका रुपमा नवलपरासीलाई विकास गर्ने मन्त्रीद्धयको प्रतिबद्धता

10

उमेश बि.क / नवलपरासी ,११ साउन

पश्चिम नवलपरासीको विभिन्न स्थानमा बाढी प्रभावित क्षेत्रहरुको प्रदेश नं ५ का मन्त्रीहरुले निरीक्षण गरेका छन ।

प्रदेश नं ५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरी र भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नवलपरासी जिल्लाको पाल्हिनन्दन र सरावल गाउँपालिकाको बाढी डुवान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन ।

स्थलगत निरीक्षण क्रममा स्थानिय किसानहरुसंग कुरा गर्दै भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बाढी डुबानको समस्या समाधानका लागि प्रदेश सरकारले दिर्कलिन योजनाहरु बनाउदै जाने बताईन । उनले तत्काल किसानहरुको राहतका लागि सो क्षेत्रका किसानहरुको विवरण संकलन गरेर गहुं तथा मसुरो उत्पादनका लागि कृषि अनुदान मार्फत राहत दिने बताईन । उनले तत्काल सो क्षेत्रलाई कृषि सुपर जोनका रुपमा विकास गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकी थिईन ।

त्यसैगरी स्थलगत अनुगमनका क्रममा प्रदेश नं ५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पाल्हिनन्दन र सरावल गाउँपालिकाको बाढी डुवान क्षेत्रको समस्या समाधानका लागि झरही खोलाको पानीलाई सुगौलीवाट अमानीगञ्जतर्फ लैजाने र धनेवाखोलाको सिल सफागर्ने कार्यतर्फ प्रदेश सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको जानकारी गराएका थिए ।

चौधरीले यस क्षेत्रमा डुबान पस्न नदिनको लागि र दीर्घकालीन समस्या समाधनको लागि डीपिअार तयार गरेको अब यसको समस्या सामाधान छिट्टै हुने बताए ।

पाल्हिनन्दन गाउँपालिका वडा नं. १ को शंकरपुर लगाएतका क्षेत्र र सरावल गाउँपालिका वडा न ५ , ६ र ७ कोे खडौना, मधवलिया, नौडिहवा ,भुजहवा क्षेेेेत्रका स्थानिय वासिन्दाहरु डुवानको समस्यामा परेका छन । त्यसैगरी उनीहरुले लगाएको हजारौं विघा खेतीयोग्य जमीन पानीको डुवानमा परेको छ ।

पानीको डुवानका कारण स्थानिय किसानहरुले लगाएको हजारौं विघा धानखेती क्षतीभएको छ ।

पाल्हिनन्दन गाउ“पालिका र सरावल गाउ“पालिको बाढीडुवानक्षेत्रको स्थलगत अनुगमन कार्यक्रममा,प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, बैजनाथ जयसवाल, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दिपक कुमार गुप्ता , सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्याल, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी (अजाद)अनेरास्ववियू जिल्ला संयाेजक सुशान्त शर्मा घिमिरे, राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयाेजक युवराज डुम्रे ,साथमा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्ष अजय केसीी रहनु भएकाे थियाे ।