उमेश बि.क / नवलपरासी, १४ भदौ
नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ४ हातिबनमा शनिबार बिहान ५ बजेर ५५ मिनेकाे समयमा सशस्त्र प्रहरी द्वारा ८८ हजार २०० बराबरको कुखुराको चल्ला बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेड क्वाटर बेलासपुरले शनिबार एका बिहानै भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सरावल गाउँपालिका वडा नं ४ हातिबनमा ब्राेइलर कुखुराको १४ कार्टुन चल्लाहरु बरामद गरेको थियो ।
सहायक निरिक्षक अवरार खाँको कमाण्डमा खटिएको टाेलिलाई देखि सातवटा गाडी, मोवाइल छाडेर भागेकाे शसस्त्र प्रहरी बल सहायक निरिक्षक खाँले जानकारी दिनुभएको छ ।
बरामद गरिएको ब्राेइलर कुखुराको चल्लाहरुलाई पशु क्वाराईटाईन, स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।