कहाँ छ शाश्वतधाम ? कसरी पुग्ने यस स्थानमा ?

118

वृजराज कुशवाहा, नवलपरासी | पुर्वपश्चिम हाइवे स्थित पुर्वी नवलपरासीकाे देवचुली नगरपालिका दुम्कौलीमा चाैधरी ग्रुपले सञ्चालन गरेकाे चाैधरी उद्याेग ग्रामकाे औद्योगिक पार्कभित्र एक दर्जन आकर्षण सहितको विशाल शाश्वतधाम रहेकाे छ ।

हाइवेसित माेहडा जाेडिएकाे सात बिगहा क्षेत्रफलमा फैलिएको शाश्वतधाम खजुराहाे शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर यसको प्रमुख आकर्षण रहेको र वैदिक कर्मकाण्ड गुरुकुल, हिन्दु संग्रहालय, बाैद्ध संग्रहालय, सात्विक रेस्टुराँ, गौशालालगायत दर्जनभन्दा बढी संरचनाहरू यहाँका प्रमुख आकर्षणकाे रूपमा रहेकाे बागेश्वरधाम सरकारकाे आगमनमा हुन लागेकाे तयारी व्यवस्थापन संयाेजक रामचन्द्र धितालले बताए ।

यसै शाश्वतधाममा भदाै २ गतेदेखि भारत मध्यप्रदेश छतरपुर स्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) काे कथावाचन कार्यक्रमकाे आयाेजन गरिएकाे छ । जहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानका श्रद्धालु भक्तजनाहरू आउने तयारी समितिले जनाएकाे छ ।

कहाँ छ शाश्वतधाम ? भक्तजन कसरी पुग्ने यस स्थानमा ?
हवाइउडान द्वारा: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने यात्रुहरूले काठमाडौंबाट साेझै भरतपुर हवाइअड्डा पुगेपछि साेझै पश्चिमतर्फ करिब २५ किलाेमिटरकाे बसबाट यात्रा तय गर्नुपर्ने हुन्छ । भरतपुर एयरपोर्टबाट दुम्कौली, नवलपरासीका लागि क्याब र बसहरू समेत उपलब्ध छन् र यिनले सीजी औद्योगिक पार्क / शाश्वत धामको ठीक अगाडि बस स्टपहरूमा ओराल्ने छन्। बस, क्याब वा अन्य सवारीबाट यात्रा गर्नेहरूलाइ सहज छ । गन्तब्यमा पुग्न अन्य कसैलाइ बाटाेबारे साेध्नुपर्ने आवश्यकता नपर्न सक्छ ।
सडकबाट: काठमाडौंबाट आउने यात्रुका लागि कलङ्की बसपार्क र बालाजु बसपार्क, काठमाडौंबाट, मुग्लिन बजार-नारायणघाट बजार, गैंडाकाेट हुंदै दुम्कौली, नवलपरासीका लागि सिधा बसहरू उपलब्ध छन् र सीजी औद्योगिक पार्क/शाश्वत धामको ठीक अगाडि रोकिन्छन्। नारायणघाट पश्चिम जाने बस पनि चढ्न सकिन्छ । नारायणघाटबाट सीजी औद्योगिक पार्क / शाश्वतधामको लागि जाने बसहरू उपलब्ध छन्। काठमाडौंबाट बसमा सडक दूरी १८५ किमी एकतर्फी पर्नेछ, यस यात्रामा करिब ५ घन्टा समय लाग्नेछ । याे दुरी बस / माइक्रो बस / निजी वाहनमा समेत तय गर्न सकिन्छ । सार्वजनिक सवारीमा यात्रा गर्दा गन्तब्यमा पुग्न अन्य कसैलाइ साेध्नुपर्ने आवश्यकता पर्दैन ।

त्यस्तैः पश्चिमबाट यात्रा गर्नेका लागि बुटवलदेखि पुर्व पश्चिम हाइवेकाे बाटाे हुंदै बर्दघाट, दुम्किबास, कावासाेती, प्रगतिनगर दुम्काैली पुग्न ९५ किलाेमिटरकाे यात्रा तय गर्न सकिन्छ । बुटवलदेखि नारायणगढसम्मकाे १ सय १५ किलाेमिटर बाटाे निर्माणाधिन अवस्थामा रहेकाेले पश्चिमबाट आउने यात्रुका लागि थाेरै बढी समय लाग्न सक्छ । दाउन्ने पहाडकाे उकालाे तथा अाेरालाेमा धिमिगतिमा गाडि गुड्ने हुनाले करिब ३ घण्टाकाे अनुमानित समय लाग्न सक्छ ।

उडानबाटः भैरहवा स्थित गाैतम बुद्ध विमानस्थल पुग्ने यात्रुले भैरहवा बसपार्क पुगेर नारायणगढ वा काठमाण्डाैं जाने बस चढेपछि भैरहवा, परासी, भूमही, बर्दघाट, कावासाेती, प्रगतिनगर हुदैं दुम्काैली पुग्न करिब १ सय किलाेमिटर यात्रा गर्नुपर्दछ ।

भारतबाट पैदल मार्ग भइ शाश्वतधाम पुग्न चाहने यात्रुका लागि सुनाैली सीमादेखि नै नारायणगढ र काठमाण्डाैंकाे लागि बसकाे सुविधा उपलब्ध छ । संधैभरि पाउने बसबाट यात्रा गर्दा सुनाैली, परासी, भूमही, बर्दघाट, कावासाेती, प्रगतिनगर हुदैं दुम्काैली पुग्न करिब ३ घण्टाकाे समय पर्याप्त मानिएकाे छ । सुनाैली नाकाबाट भारतीय यात्रुवाहक सवारी साधनहरू भन्सार अनुमति लिइ साेझै दुम्काैली स्थित शाश्वतधाम पुग्न सकिन्छ ।

बर्दघाटदेखि ६५ किलाेमिटरकाे दुरीमा रहेकाे शाश्वतधाम, बिरगंज नाकादेखि १४० किलाेमिटरकाे दुरीमा पर्दछ । बिरगंजबाट शाश्वतधाम पुग्न चाहने यात्रुहरूले बिरगंजबाट बस चढेर हेटाैडा, नारायणगढ, हुदै यात्रा गर्न सकिन्छ ।

त्यस्तै, त्रिवेणीधाम, महेशपुर, यूठी परसाैनी र भुजहवानाकाबाट समेत शाश्वतधाम पुग्न करिब ९० किलाेमिटरकाे यात्रा गर्नुपर्ने हुन्छ । निजी सवारी साधन हुनेले समेत याे बाटाे तय गर्दा कुनै असहजता नरहेकाे नवलपरासी ट्राफिक प्रहरीले जनाएकाे छ ।
मुख्य आकर्षण

वैदिक कर्मकाण्ड गुरुकुल, हस्तलिखित स्रोत केन्द्र, हिन्दु संग्रहालय, बाैद्ध संग्रहालय, ध्यान र योग विज्ञानका लागि शाश्वतधाम सबै प्रकृति प्रेमीहरू, आध्यात्मिक खोजीहरू र अन्वेषकहरूका लागि प्राचीन ज्ञानको अन्वेषण गर्न र शान्त तर जीवन्त वातावरणमा मानसिक शान्ति र आन्तरिक आनन्दको अनुभव गर्ने गन्तव्य हो।

  1. मिशन
  2. ज्ञान (ज्ञान), भक्ति (भक्ति), कर्म (कर्म) र योग अभ्यास (राज) मार्फत आध्यात्मिक उत्थान, मानसिक शान्ति र शारीरिक स्वास्थ्यको लागि विश्वव्यापी रूपमा अन्वेषकहरू, खोजकर्ताहरू र प्रकृति प्रेमीहरूको लागि सबैभन्दा खोजिएको गन्तव्य बन्न र संरक्षण गर्दैछ । सनातन धर्म (जीवनको शाश्वत मार्ग) को सारलाई यसको शुद्ध रूपमा कायम राख्ने लक्ष्य लिएकाे छ।
  3. श्रद्धालु भक्तजनहरूकाे सुविधाकाे मध्येनजर शाश्वतधाममा हुने हनुमन्त कथा श्रवणका लागि अनलाइन बुकिङ खुल्ला गरिएकाे छ ।