-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

करिब ३ सय ३० किलोग्राम गाँजा सहित तीन जना पक्राउ

spot_img
spot_img

काठमाडौं । मकवानपुर र बाराबाट प्रहरीले भारी मात्रामा गाँजा बरामद गरेकाे छ ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्राम सहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई मंसिर १२ गते बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।  

बारा, कोल्हवी नगरपालिका-५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्‍त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme