-1 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

ओल्मा काउन्सिल (फाउन्डेशन) नेपालकाे जिल्ला अधिवेशन सम्पन्न

- Advertisement -

प्रमुख अतिथि नजिर मियाँद्वारा समाज परिवर्तनका लागि धर्मगुरुहरूलाई सक्रिय हुन आग्रह

नवलपरासी । ओल्मा काउन्सिल नेपाल नवलपरासीकाे तेश्राे जिल्ला अधिवेशन सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय नजिर मियाँकाे प्रमुख अतिथ्यतामा परासीमा सम्पन्न भएकाे छ ।

ओल्मा काउन्सिल नेपालद्वारा आयोजित अधिवेशनकाे उद्घाटन सत्रमा प्रमुख अतिथीका रूपमा सहभागी हुँदै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले समाज रूपान्तरणका लागि नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ।

अधिवेशनमा माैलाना खुश्बुद्दिन अन्सारीकाे अध्यक्षतामा कार्यक्रम सञ्चालित भइरहेका बेला मियाँले सम्बोधन गर्दै नवगठित कमिटीले समाजका लागि उपलब्धिमूलक कार्य गर्न सक्ने विश्वास व्यक्त गरे। उहाँले ओल्मा, माैलवी तथा माैलानाजस्ता धर्मगुरुहरू एकजुट भई चाहना राखेमा समाजमा सकारात्मक परिवर्तन चाँडै ल्याउन सकिने धारणा राख्नुभयाे।

सम्बोधनका क्रममा मियाँले विगतमा आफूले समाजमा मुस्लिम र इस्लामबारे फैलिएको भ्रम हटाउन गरेको संघर्षको चर्चा गर्दै मुस्लिम समुदाय र इस्लाम धर्मबीचको भिन्नतालाई बुझ्न र बुझाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले जोड दिँदै भन्नुभयो, “मुसलमान र इस्लाम एउटै होइनन्। यो फरक बुझ्न नसक्दा धेरै भ्रम पैदा भएको छ। समाजमा सही ढंगले बुझाउने प्रयास हामीले निरन्तर गर्नुपर्छ।”

ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसैनले “आजको समयको सबैभन्दा ठूलो आवश्यकता के हो भने, एक मुसलमानले अर्को मुसलमानलाई बुझ्नु पर्छ। जबसम्म हामी एक–अर्काको पीडा, सोच र उद्देश्यलाई बुझ्दैनाैं, तबसम्म हाम्रो एकता सम्भव छैन। त्यसैले आजको युगको माग हो—आपसी समझदारी, सहकार्य र संगठनको माध्यमबाट साझा लक्ष्यतर्फ अघि बढ्नु।

ओल्मा काउन्सिल मार्फत हाम्रो उद्देश्य छ—शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनु। शिक्षाको उज्यालोले नै समाजको अन्धकार हट्छ, र हामी सबैको समुन्नत भविष्य सुनिश्चित हुन्छ। यस कार्यमा हामी सबैलाई मिलेर अघि बढ्न जरुरी छ।”

सभामा विशेष याेगदान पु्याएका विभिन्न ४ जनालाइ सम्मानित गरिएकाे थियाे । जसमा पुथ्वीचन्द जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरूल हाेदा अन्सारी, डा. देव नारायण यादव, डा. अल्ताफ अन्सारी र सुमन गाेपाल अचार्य सम्मानित हुनुभएकाे हाे ।

अधिवेशनले सर्वसम्मत रूपमा माेहम्मद अमानुल्लाह अन्सारीकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे छ । त्यस्तै, अमिरूल्लाह मियाकाे अध्यक्षतामा २५ सदस्यीय मदरसा, मस्जिद, दरगाह कब्रिस्तान संरक्षण समितिकाे समेत गठन गरेकाे छ ।

अधिवेशनमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका ओल्मा, धर्मगुरु र समाजसेवीहरूको उपस्थिति रहेको थियो। ओल्मा काउन्सिलले भविष्यमा पनि समाजमा चेतना फैलाउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा समाजसेवी सुमन गाेपाल अचार्य, पुथ्वीचन्द जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नुरूल हाेदा, पुर्व जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, सञ्चारकर्मी वृजराज कुशवाहा, हज कमिटिका कार्यवाहक अध्यक्ष जबुल मियाँ, हाजी अलाउद्दिन अन्सारी, हेदायतुल्लाह, जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव लगायतका वक्ताहरूले अधिवेशन सम्पन्नताकाे शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा वक्ताहरूले मुस्लिम समुदायको शैक्षिक र सामाजिक उत्थानका लागि संगठनात्मक एकता र सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए। दाइजाे प्रथा उन्मुलन गरिनुपर्नेमा सबै वक्ताहरूले जाेड दिएका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme