-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्न मिसन ८४ अभियान चलाईएको छ ः अध्यक्ष ओली

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट, २१ बैशाख २०८१ ।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) जिल्ला कमिटी बर्दघाट सुस्ता पश्चिम नवलपरासीको ९ औं जिल्ला अधिवेशन शुक्रवार सुनवलमा शुरू भएको छ ।
जिल्ला कमिटी अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधान मन्त्रि केपी शर्मा ओेलीको प्रमुख आतिथ्यतामा ९ औं जिल्ला अधिवेशनलाई उद्वघाटन गर्दै प्रमुख अतिथि अध्यक्ष ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्न मिसन ८४ अभियान चलाईएको बताउनुभयो ।
उहाँले कार्यकर्ताहरुले पार्टीमा गरेको योगदान र कार्यक्षमताको आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिदै, तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको भन्दै, पार्टीलाई अझै बलियो बनाउन एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
सिमा रक्षाको आवाज उठाउदा आफू तत्कालीन शासकबाट जेल परेको र “तत्कालीन शासकले सिमा रक्षा, स्वाधिनताको रक्षा गर्नु पर्छ भनेर आवाज उठाउदा अनाहकमा आफू जेल गएको स्मरण गर्नु भएको बताउदै, हामिले अहिले सम्म पनि यो आवाज उठाउदै आईरहेका छौ” भन्नु भयो ।
ओलीले कार्यकर्तालाई पार्टी केन्द्र र महाधिवेशनले लिएको सहि निर्णयलाई कार्यान्वयन गरि पार्टिको उदेश्यलाई सफल बनाउन एक ढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उद्वघाटन सत्रमा जिल्ला, प्रदेश र केन्द्रदेखि नेकपा एमालेको विभिन्न जनवर्गीय संगठनका करिब १ हजार भन्दा बढि नेता तथा कार्यकर्ताको उपस्थिति रहेको आयोजकले जानकारी दिए ।
जिल्ला कमिटी सचिव धिरज शर्माको संचालन र उपाध्यक्ष डोलराज भण्डारीको स्वागत मनतव्य रहेको कार्यक्रममा लुम्बिनी प्रदेश भूमि व्यवस्थापन सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारी, नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्कुल विभागको केन्द्रीय सदस्य बद्री खनाल, प्रतिनिधि सभा सदस्य माननीय सरिता खनाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme