उमेश वि.क, सरावल /बैशाख २७ ।
नवलपरासीको सरावल गाउँपालिका ३ मा अवस्थित सरावल गाउँपालिकाकाे सभाहलमा १ महिने निशुल्क सिपमुलक तालिमको आज एक कार्यक्रमबीच उदघाटन गरिएको छ ।
सरावल गाउँपालिकाकाे आयोजनामा तथा लुम्बिनी पाेलिटेक्निकल ईन्स्टिच्युट सुनवलकाे प्राबिधिक सहयोगमा सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यतामा एवम् सरावल गाउँपालिका कार्यकारी अधिकृत झबेश्वर रेग्मीकाे बिशेष आतिथ्यतामा युवा लक्षित पल्मबिङ्ग, हाउसवायरिङ्ग, फर्निचर र डकर्मि १ महिने निशुल्क सिपमुलक तालिम स्थानिय स्तरमा रहेका विपन्न र वेरोजगार ६० जना युवाहरुलाई स्वरोजगार वनाउँने उद्येश्यका साथ तालिमको उदघाटन कार्यक्रम अाज सरावलमा गरिएको हो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले पाँच वर्ष भित्रमा सरावल गाउँपालिकालाई यश क्षेत्रकै नमुना गाउँपालिका बनाउने बताउनुभयो । उहाँले गाउँपालिका भित्रका सबै युवाहरुलाई सिपमुलक कार्यक्रम मार्फत रोजगारी दिलाईने प्रतिवद्धता समते जनाउनुभयो ।
सरावल गाउँपालिकालाई लैंगिक हिंसा मुक्त गर्ने, एकल महिलालाई आर्थिक रुपले सक्षम बनाउने, सबै युवाहरुलाई सिपमुलक कार्यक्रम मार्फत रोजगारी दिलाईने खाका आफूले ल्याएको उहाँको भनाई छ ।
साथै यश क्षेत्रकाे बिकाश निर्माण कार्यक्रममा अाफु सदैव लागिपर्ने कुरामा जाेड दिएका थिए।