-7.4 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

एकैदिन २ लाख क्युसेकले बढ्याे नारायणीमा पानी

spot_img
spot_img

नवलपरासी । मानसुन सक्रिय भएकाे २७ओैं दिन असाढ २२ गतेका दिन सनिवार नारायणी नदीमा बिहान ६ बजे ८८ हजार ३०० क्युसेक दरमा बगेकाे पानी राती ९ बज्दासम्म ३ लाख २८ हजार ४०० क्युसेकमा पुग्याे ।

एकैदिनमा २ लाख ४० हजार १०० क्युसेकले पानीकाे बहाव बढ्नु आफैमा एक रेकर्ड कायम गर्नु हाे । मध्यान्ह १२ बजे १ लाख ६१ हजार क्युसेक र दिउंसाे २ बजेकाे समयमा २ लाख १८ हजार क्युसेक मात्रा पुगेकाे थियाे ।

पानी बढ्न थालेपछि नारायणी नदीमा बढ्दै गरेकाे बाढीकाे पानीले २ लाख ४० हजार क्युसेकले बढेपछि व्यारेजकाे तल्लाे तटीय क्षेत्रका स्थानीयवासीन्दा त्रसित बनेका छन् ।

बाढीले नारायणी नदीकाे तटीय क्षेत्रमा रहेकाे बस्तीहरूमा सुस्ता गाउँपालिकाकाे वडा नं. ३, ४ र ५ का स्थानीय वासीन्दा जाेखिममा रहेकाे बताइएकाे छ । अविरल वर्षाका कारण नारायणी नदीमा सनिवार बिहानैदेखि लगातार रूपमा पानीकाे बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा जाेखिम बढ्दै गएकाे हाे ।

लगातार रूपमा बढ्दाे क्रममा रहेकाे पानी बहावकाे याे मात्रा यसवर्ष अहिलेसम्मकै सबैभन्दा धेरै हाे । वर्षायाम शुरू भएदेखि नारायणी नदीमा पहिलाे पटक पानीकाे बहाव ३ लाख क्युसेक नाघेकाे हाे ।

नारायणी नदी कै देवघाटमा पानीकाे बहावले चेतावनीकाे तह पार गरेकाे छ । देवघाटमा पानीकाे बहावले ५ लाख ७१ हजार ८५० पुगेकाे छ । देवघाटमा राती ९ बजेकाे यस समयमा देखिएकाे पानीकाे बहावकाे दबाव करिब ८ घण्टापछि त्रिवेणी व्यारेजमा देखिनेछ । जसले त्रिवेणी व्यारेज भन्दा तल्लाे तटीय क्षत्रेमा रहेकाे सुस्ता गाउंपालिकाकाे वडा नं. ३, ४ र ५ जाेखिममा रहेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme