बर्दघाट, १८ फागुन ।
बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाट पश्चिम नवलपरासीले बर्दघााट नगरपालिकाले आफैले दिएको अनुमति पत्र कार्यान्वयन नगरेपछि बर्दघाट उद्योग बाणिज्य संघको चरणबद्द आन्दोलन अन्तर्गत शुक्रबार कालो पट्टी बाँधेर बर्दघाट नगरपालिकाको कार्यालयमा पदाधिकाहरु बिरोधमा उत्रिएका छन ।
बर्दघाट नगरपालिका वडा नम्वर ४ को हरियाली नगरमा “फागुन १७ देखि २९ गते सम्म औद्योगिक व्यापार मेला २०८०” लगाउनकालागि बर्दघाट नगरपालिकाको नगरप्रमुख शम्भुलाल श्रेष्ठले उद्योग बाणिज्य संघलाई पत्राचार गरी अनुमती प्रदान गरेकोले मेलाको आवश्यक तयारी गरि सके पछि व्यवसायी बिच बिवाद भए पछि नगरपालिकाले संघलाई मेला सञ्चालन नगर्नकालागि पत्राचार गरि रोकेको थियो ।
बर्दघाट उद्योग बाणिज्य संघले विहिवार शान्तिपुर्ण प्रदर्शन सहित मेला पुनः सञ्चालन गर्नकालागि मिति तोक्नकालागि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई विहिवार नै ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो ।
“मेयर साबले आफैले अनुमती दिनु भो, हामिले मेलामा आवश्यक पर्ने सम्पूर्ण सामान ल्याएर संरचना तयार गरि सके पछि, अहिले आएर एकपक्षीय कुरा सुनेर आफ्नै निर्णयमा टेक्न सक्नु भएन र लाखौ खर्च भयो यसको जिम्मा कसले लिने ? यस्तो अपरिपक्व निर्णय आउला भन्ने कल्पना समेत गरेका थिएनौ बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले गुनासो गर्नुभयो ।
के नगरपालिका कुनै एउटा समूह वा कसैको मात्र हो हाम्रो होईन ! नीजि क्षेत्रलाई स्थानीय सरकारले गर्ने व्यवहार यहि हो ? तर हामिलाई शत्रुताको ब्यवहार गरेकोले हामी सबै दुःखित भएका छौं भन्दै, “हामिलाई पनि विद्यार्थीको भविष्य र व्यवसायिको चिन्ता नै नभएको हो त ? बिकल्प नै मेला रोक्नु मात्रै हो त ? संघका अध्यक्ष न्यौपानेले प्रश्न गर्नु भयो । “हामिलाई स्थानीय सरकाले नगरका हरेक गतिविधिमा जिम्मेवारी दियोस, हामिलाई उच्चतम प्रयोग गरियोस ताकी हाम्रो पनि उतिकै योगदान रहोस भन्नेमा हामी छौ अध्यक्ष न्यौपानेले भन्नुभयो ।
नगरपालिकाले मेला लगाउन दिएको अनुमती पत्र छातिमा टाँसेर कालोपट्टी सहित उद्योग बाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरु समेत साङ्केतिक बिरोधमा उत्रिएका छन । आन्दोलनको प्रकृती र स्वरुप परिवर्तन गरेर चरणबद्ध आन्दोलन जारी राखिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
नगरभित्रका बिद्यालयमा चलिरहेको आन्तरिक परिक्षा र एसईई लाई असर गर्ने कुराले व्यापक गुनासो आएको हुदा तत्काललाई मेला स्थगन गरिको बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।