उमेश बि.क / नवलपरासी, २ भदौ
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले पार्टिका उपसभापति सुवाशचन्द्र गिरीकाे अात्माकाे चीर शान्तिकाे लागि १ मिनेट माैनधारणकाे अपिल गरेको छ ।
रामग्राम नगरपालिका वडा नं. २ घर भएका ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा काेराेनाकाे उपचारकाेे क्रममा मगंलबार बिहान ६ बजे मृत्यु भएको हाे ।
उपचारको क्रममा पाटन अस्पताल ललितपुरमा गिरिकाे निधनप्रति नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी अत्यन्तै मर्माहत भएको छ।
गिरिकाे पार्थिव शरीर आज साझ ६ बजे पशुपति आर्यघाट काठमाडौंमा नेपाली सेनाद्वारा सम्मान सहित अन्त्येष्ठी गरिने भएको हुनाले बिपदकाे समयमा उनको अात्माकाे चिर शान्तिकाे कामना गर्दै जिल्ला पदाधिकारी, जिल्ला सदस्य, पार्टीका निकाय क्षेत्र, नगर, गाउँ, वडा, भातृ र शुभेच्छुक संघसंस्थामा अाबद्ध सम्पुर्णलाई अाअाफ्नाे ठाउँबाट १ मिनेट माैन धारणाको लागि सरिक भइदिनकाे लागि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीकाे सभापति बिष्णु प्रसाद पाैडेलले अनुराेध गर्नुभएको छ ।
सभापति पाैडेलले गिरिको निधनले सिङ्गो नवलपरासी र पार्टी दुखित भएको बताउदै “एक सफल व्यवसायी, असल राजनीतिज्ञ तथा सामाजिक व्यक्तिको निधनले सिङ्गो पार्टीलाई नै क्षति भएको साथै नवलपरासी जिल्लाले एक असल नेतृत्व गुमाएको समेत जानकारी दिनुभएको छ।