श्याम थापा
सुस्ता ३० पौष
इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहाको अध्यक्ष पदमा बद्री प्रसाद सुवेदी बिजयी हुनु भएको छ ।
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वार्ड न ९ भुताहामा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चको २९ औ बार्षिक साधारणसभा तथा १२ औ अधिवेशन कार्यक्रममा संस्थाको कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । निर्वाचनमा दुई टिमको प्रतिस्पर्धा भएको थियोे । एक टिमको अगुवाई बद्री प्रसाद सुवेदीले गर्नु भएको थियो भने अर्को टिमको अगुवाई लोमा वाग्लेले गर्नु भएको थियोे । बद्री प्रसाद सुबेदीको टिममा उपाध्यक्षमा केशव घिमिरे,सचीवमा होम राज कुवर,कोषाध्यक्षमा पुन्यवती मिश्र र सदस्यहरुमा बिमल चन्द्र घिमिरे,चेतनारायाण भण्डारी,रिता सुवेदी,प्रतिभा गुप्ता र योगेन्द्र भट्टराई रहेका थिए । भने लोमा वाग्लेको अगुवाईमा उपाध्यक्षमा कर्दम क्षेत्री,सचिबमा नारायण गिरि,कोषाध्यक्षमा कोपिला श्रेष्ठ र सदस्यहरुमा कमल पराजुली,हेम बहादुर क्षेत्री,राजेन्द्र प्रसाद पौडेल,बिमल चन्द्र घिमिरे र पुर्णमान श्रेष्ठ रहेका थिए । सुवेदी र वाग्लेको टिमलाई एक आपसमा मिलेर सहमति अनुसार संस्थाको कार्यसमिति चयन गर्न भनेर सहमतिका लागी बैठक बसाल्दा एक आपसमा सहमति जुट्न नसकेपछि दुबै टिम निर्वाचन प्रक्रिया बाट अगाडी बढ्ने भनी निर्वाचन भाग लिएका थिए । निर्वाचन पश्चात सुबेदीको टिमबाट उपाध्यक्ष पद बाहेक सम्पुर्ण पदमा सुबेदीले हात पारेका छ्न । भने वाग्लेको टिमबाट उपाध्यक्ष पदमा कर्दम बहादुर क्षेत्री मात्र बिजयी भएका छन । मत परिणाम अनुसार अध्यक्ष पदमा सुबेदीको ६० मत र वाग्लेको ४१ मत,उपाध्यक्ष पदमा क्षेत्रीको ५३ मत र घिमिरेको ४८ मत,सचिब पदमा कुवरको ७१ मत र गिरिको ३१ मत,कोषाध्यक्ष पदमा मिश्रको ५२ मत श्रेष्ठको ४४ मत रहेको छ । भने सदस्यहरुमा सम्पुर्ण सुवेदीको प्यानल बिजयी भएका छन र सदस्यहरुको मत परिणाम बिमल चन्द्र घिमिरेले ६५ मत,रिता सुवेदीले ६२ मत,चेत नारायण भण्डारीले ५९ मत,प्रतिभा गुप्ताले ५४ मत र योगेन्द्र भट्टराईले ५२ मत प्राप्त गरि बिजयी भएको र कार्यसमितिको सहसचिव पदमा हरि प्रसाद सापकोटा निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राम बिलास पौडेलले जानकारी दिनु भयो । इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहामा कुल १ सय १६ मत रहेको मध्येमा कुल १ सय ३ मत मात्र खसेको र २ मत बदर भएको निर्वाचन समितिका संयोजक पौडेलले बताउनु भयो । साथै बालकृष्ण लम्सालको संयोजक्तामा ३ सदस्यीय लेखा समिति पनि निर्बिरोध चयन भएको छ । जसको सदस्यहरुमा ज्ञान हरि भट्टराई र सुशीला उपाध्याय रहनु भएको छ । सो २९ औ बार्षिक साधारणसभा तथा १२ औ अधिवेशन कार्यक्रममा भुताहा गाउँको जनजाति समुदायबाट एस इ इ परिक्षा र कक्षा १२ मा उत्कृष्ट हुने १ छात्रा र १ छात्र गरि २ विद्यार्थीहरुलाई सम्मान गर्नुको साथै संस्थामा काम गरि योग्दान पुराएका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियोे ।