सञ्जय कुशवाहा, साउन १८ नवलपरासी ।
सीमा विवादमा संधै तानिदै अाएकाे सुस्ता अाफ्नै कारणले पनि सुस्ताएकाे छ । भारतीयले दिदै अाएकाे दुख भन्दा कैयाैं गुणा बढी दुख अाफ्नै सरकारले ध्यान नदिएका कारण उत्पन्न भएकाे सुस्तावासीकाे भनाइ छ ।
नेपाल सरकारले उचित व्यवस्थापन नगरेका कारण सुस्ताका विधार्थीहरू अाधारभूत तहकाे पनि शिक्षा हासिल गर्न भारत जान बाध्य भएका छन् । सुस्तामा कक्षा ६ सम्मकाे मात्र पढाइ हुने विद्यालय रहेकाे हुदा थप पढन चाहने विद्यार्थीहरू छिमेकी भारतमा जाने गरेका छन ।
२०५९ सालमा जनता दलित प्र.वि स्थापना भई हाल कक्षा ६ सम्म पठनपाठन हुदै आएको छ । बिद्यालमा २ सय ६७ जना विधार्थिहरू छन । जसमध्ये १ सय २७ जना छात्रा रहेका छन । ६ कक्षा उत्तीर्ण भएपछि थप अध्ययन गर्नको लागि विधार्थिहरू भारत जान बाध्य भएका छन । भारतीय बिद्यालयहरूले सुस्ताका विधार्थि हुन भनेर भर्ना नलिएपछि केही विद्यार्थीहरू भारतमा भएका अफनो आफन्तको ठेगानामा आफनो भारतीय कागजात बनाएर पढिरहेका छन् ।
नेपालमा पढन चाहने केही विध्यार्थीहरू दिनहु नारायणी नदिकाे अावतजावतकाे जोखिम पुर्ण डुङ्गाबाट यात्रा गरि पकलिहवा, त्रिवेणी लगाएतका बिधालयहरूमा पठनपाठनको लागि आवतजावत गर्न बाध्य छन भने केही विधार्थी घरको आर्थिक स्ततीको कारण पढने रहर भएतापनी नजिकमा बिधालय नभएको हुनाले पढने उमेरमा नै अर्काको मजदुरी गर्नमा लागेका छन ।
एक विगहा क्षेत्रफलमा स्थित बिधालयको बाउन्डरी ,गेट नभएको हुनाले पशुहरू छिर्दा विधार्थी खेल खेल्नुका साथै पठनपाठनमा अवरोध पुगेको छ । दलित समुदायका बालबालिकाहरूको बाहुल्यता रहेको छ । सहज रूपमा शिक्षा नपाएपछि अधिकाशं बालबालिकाहरू खेतीपातीमा लागेको देखन सकिन्छ । बिधालयका प्रध्यापक उदय बहादुर रूचालले दिएको जानकारी अनुसार बिधालयमा हाल ७ जना शिक्षकले अध्यापन गराउदै आएका छन ।
यति मात्रै हाेइन, यहा हेराैं भने सुस्ता एक र समस्या अनेक रहेको छ । सुस्ताका बासिन्दाहरूले खानेपानी, बिधुत, संचार लगायत विभिन्न समस्या भोगदै आएका छन । सुस्ताका बासिन्दाहरूले बजार गर्को लागि लामो दुरीको यात्रा तैय गरि बिहारको भईसालोटनबाट किनमेल गर्न परेको छ र नजिकको बजार भनेकाे भारतको महराजगंज जिल्लामा भएको बहुवार बजार र सुस्ताका बासिन्दाहरू आफ्नै वडा कार्यालयमा पुग्नको लागि जोखिम पुर्ण अवस्थामा डुङ्गा बाट यात्रा गरि पुग्ने गरेका छन ।
चुनावको बेला राजनीतिक दलका नेताहरुले सुस्ताको समस्या सामाधान गर्न चुनावी मुद्दा बनाए पनि अहिलेसम्म सुस्ता पुग्न बाटाे छैन । बिगत लामो समयपछि सुस्ता र पक्लिहवा जोडने एसीयाको दोस्रो र नेपालको पहिलो लामो झाेलुङ्गे पुल निर्माणधीन छ । ५ बर्षमा कार्य सम्पन्न गर्नुपर्नेमा ३ बर्ष बितीसक्दा करिब ५ % प्रतिशत मात्र काम भएको छ ।