-5.8 C
New York
Monday, January 20, 2025

Buy now

spot_img
spot_img

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

spot_img
spot_img

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जनालाइ पक्राउ गरी कार्वाही चलाएकाे छ ।

            कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-३ पिपलाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ८१ मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय भुवन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

इलाम, सूर्योदय नगरपालिका-१० फिक्कल खोल्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित झापा बुद्धशान्ती नगरपालिका-१ बुधबारे बस्ने ३५ वर्षीय प्रकाश कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी इलाम, सूर्योदय नगरपालिका-११ तिनघरे बस्ने ३१ वर्षीय देबेन्द्र राईलाई अवैध लागूऔषध गाँजा ४ किलो ६ सय ग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिनघरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजा ३६ किलोसहित ३ जना सोमबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ बस्ने २७ वर्षीय बिबेक प्रजा र हेटौंडा उपमहानगरपालिका-१८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् । उक्त स्थानमा पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१४ हरिया कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय रबि खातीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।            

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme