अमेरिकासँग युद्धका लागि उत्तर कोरिया तयार !

7
TOPSHOT - This undated picture released from North Korea's official Korean Central News Agency (KCNA) on September 16, 2017 shows North Korean leader Kim Jong-Un inspecting a launching drill of the medium-and-long range strategic ballistic rocket Hwasong-12 at an undisclosed location. Kim vowed to complete North Korea's nuclear force despite sanctions, saying the final goal of his country's weapons development is "equilibrium of real force" with the United States, state media reported on September 16. / AFP PHOTO / KCNA VIA KNS / STR / South Korea OUT / REPUBLIC OF KOREA OUT ---EDITORS NOTE--- RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO/KCNA VIA KNS" - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE. THIS PHOTO IS DISTRIBUTED EXACTLY AS RECEIVED BY AFP. / (Photo credit should read STR/AFP/Getty Images)

पौष २०, २०७४ प्योङयाङ ।

अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियामा अझ धेरै बल प्रदर्शन गर्ने रिपोर्ट सार्वजनिक गरेको छ । जसलाई उत्तर कोरियाले कडा शब्दमा भत्सर्ना गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको पनि आलोचना गरेको छ । डोनाल्ड ट्रम्पले वासिङटनमा उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न हुने चुनौतीसँग जुझ्न तयार रहेको बताएका थिए ।

ट्रम्पले यस्तो बताइरहँदा वास्तविकता भनेको सन् २०१७ उत्तर कोरियाको लागि सफल साबित रह्यो ।

कयौँ विश्लेषकहरुको दाबी छ, उत्तर कोरियाले परमाणु बमको पनि विकास गरिसकेको छ । यो दाबी सही भए या नभए पनि यति धेरै अन्तर्राष्ट्रिय  प्रतिबन्धका वावजुद उत्तर कोरियाले जुन रफ्तारले अत्याधुनिक हतियारको विकास गरेको छ, त्यो निकै आश्चर्यजनक रहेको छ ।

रोचक कुरा, उत्तर कोरियाले मात्र एक उद्देश्यले यति धेरै हतियार एकत्रित गरिरहेको छ, त्यो हो मौजूदा शासक हटाउन सम्भावित अमेरिकी दख्खल ।

सन् २०१७ मा उत्तर कोरियाले सामरिक हिसाबले चार महत्वपूर्ण कदम हासिल गरेको छ । जसले उसलाई अझ शक्तिशाली बनाएको छ ।

१. हमलाका लागि क्षेप्यास्त्र तयार

उत्तर कोरियाले यो वर्ष जवाफी हमला गर्ने क्षमता विस्तार गरेको छ । यो सम्भव भएको छ, ‘सोलिड फ्यूल’ क्षेप्यास्त्रको मद्दतबाट । यस वर्ष उत्तर कोरियाले यस्तो प्रविधि भएको कयौँ परीक्षण गरेको छ । कयौँ विश्लेषकको नजरमा यो शानदार प्रगति हो ।

युएस सेन्टर फर ननप्रोलिफिरेशन जेम्स मार्टिनका वरिष्ठ रिसर्चर मेलिस्सा हेनहेम भन्छिन्, ‘सोलिड फ्यूलको सीधा अर्थ हो, उत्तर कोरिया अब निकै तीव्र गतिमा क्षेप्यास्त्र हिर्काउन सक्छ ।’

ठोस इन्धन (सोलिड फ्यूल) को विशेषता भनेको यसलाई तरल इन्धन जस्तै लोड गर्न पर्दैन । अर्थात् यो हर समय तयार रहन्छ र दुश्मनलाई यसको पहिचान गर्न समय पनि मिल्दैन । उत्तर कोरियाले २०१६ मा पहिलोपटक यो परीक्षण गरेको थियो । तर, सन् २०१७ को फेब्रुअरी र मेमा उत्तरले यसको परीक्षण अझ परिस्कृत ढंगले गर्यो र त्यसमा नयाँ रकेट जडान गर्यो ।

उत्तर कोरियाले यसपछि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेको छ । यस परीक्षणपछि किम जोङ उनले दाबी गरेका छन्, उत्तर कोरिया क्षेप्यास्त्र युद्धका लागि तयार छ । समाचार एजेन्सी द डिप्लोम्याटका अनुसार उत्तर कोरियाली नेताले ठूलो संख्यामा क्षेप्यास्त्रहरु तयार गर्न आदेश दिएका छन् ।

२. परमाणु शक्तितर्फ उन्मुख

उत्तर कोरियाले पूरा विश्वलाई परमाणु बमको खतराबाट तर्साइरहेको छ । ३ सेप्टेम्बर २०१७ मा उत्तर कोरियाले आफ्नो छैटौँ आणविक परीक्षण गर्यो । उसको दाबी थियो, यो हाइड्रोजन बम थियो ।

उत्तर कोरियाली विदेश मन्त्री राय योङ होले संयुक्त राष्ट्रसंघको महासभामै भने, ‘उत्तर कोरिया परमाणु सम्पन्न हुने दिशामा अन्तिम चरणमा पुगिसकेको छ ।’

हुनतः सन् २०१६ मा पनि उत्तर कोरियाले यस्तै दाबी गरेको थियो । तर, त्यतिबेला विशेषज्ञहरुले उसँग हाइड्रोजन बम भएको सम्भावनालाई नकार दिएको थियो ।

तर, अहिले विशेषज्ञहरु नै मान्छन्, यो हाइड्रोजन बम भनेर भनिएको परीक्षण, सन् २००६ देखि चलिरहेको आणविक परीक्षणमध्ये सबैभन्दा शक्तिशाली परीक्षण थियो ।

उत्तर कोरियाले परीक्षण गरेको बम सन् १९४५ मा हिरोशिमालाई तहसनहस पारेको परमाणु बमको तुलनामा १६ गुणा शक्तिशाली थियो ।

३. अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र

सन् २०१७ मा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पनि प्रक्षेपण गर्यो । यो क्षेप्यास्त्रको प्रयोगले उत्तर कोरियाले आफ्नो पहुँच धेरै बढाएको छ ।

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षेप्यास्त्रको यस वर्ष तीन परीक्षण गर्यो । २८ नोभेम्बरमा गरिएको परीक्षणपछि उत्तर कोरियाले स्पष्ट शब्दमा भनेको छ, लक्ष्य उसको सीमामा आएको छ ।

उत्तर कोरियाको सरकारी टिभीकी प्रस्तोता राई युङ हीले भनेकी थिइन्, ‘अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको निशानामा अमेरिकाको पूरा द्वीप आएको छ ।’

उत्तर कोरियाको दाबीलाई शंकाको दृष्टिले हेरिए पनि पेन्टागनस्थित उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका विशेषज्ञ माइकल इलिम्यनको विश्वास छ, उत्तर कोरिया पूरा अमेरिकामा निशाना साध्न सक्छ ।

४. क्षेप्यास्त्रमा नयाँ इन्जिन

अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) को परीक्षण सँगसँगै यसमा प्रयोग हुने इन्जिनमा पनि सुधार गरेको छ ।
इलिम्यान अहिले इन्टरनेशनल इन्सटिच्युट अफ स्ट्रेटजिक स्टडीजमा रिसर्चर रहेका छन् र आफ्नो विस्तृत विश्लेषणमा उत्तर कोरियाको क्षेप्यास्त्रको क्षमता राम्रो हुनुको पछाडि विदेशी प्रविधिको हात रहेको उनले दाबी गरेका छन् । यस्तो प्रविधि सोभियत डिजाइनको छ र युक्रेन र रुसको बाटो हुँदै उत्तर कोरिया पुगेको हो ।

इलिम्यानले बिबिसीसँग कुरा गर्दै भने, ‘यो यस्तो प्रविधि हो जसका लागि कम्तिमा सयौँ परीक्षण हुन जरुरी छ । अहिलेसम्म उत्तर कोरियामा यस्तो परीक्षण भएको प्रमाण फेला परेको छैन ।’

इलिम्यानलाई विश्वास छ, उत्तर कोरियाको यो प्रविधि १९९० को दशकको हो । तर, यो प्रविधि रुस र युक्रेनको अधिकारीको मद्दत बिना हासिल गरेको होइन ।

सबैभन्दा ठूलो प्रश्न

यस्तो क्षमता हासिल गरेपछि उत्तर कोरिया अमेरिकामाथि परमाणु हमला गर्न सक्छ ? सबैभन्दा ठूलो प्रश्न यही हो ।

विशेषज्ञहरु यसमा एकमत छैनन् । केहीलाई आशंका छ, उत्तर कोरियासँग अमेरिकी सीमासम्म पुग्ने क्षेप्यास्त्र छैन । तर, केहीलाई उत्तर कोरियासँग यस्तो क्षेप्यास्त्र छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका विशेषत्र माइकल इलिम्यान भन्छन्, ‘मेरो अनुमान छ कि उत्तर कोरियाले मध्यम दुरीको क्षेप्यास्त्रबाट यस्तो गर्न सक्छ । हमला सफल हुनेमा आशंका धेरै छ । तर, यसपछि पनि उसले अमेरिकामाथि हमला गर्नेछ भन्नेमा शंका छ ।

यदी अमेरिकासँग उत्तर कोरियाले युद्ध नगर्ने हो भने उसले आफ्नो आणविक कार्यक्रममा यत्रो खर्च किन गरिरहेको छ ।

मेलिस्सा हेनहेम यसबारे भन्छिन्, ‘उत्तर कोरियाको अर्थव्यवस्था त्यति राम्रो होइन । तर, पनि आफ्नो संसाधानको ठूलो हिस्सा खर्च गर्छ । उसले जति खर्च गर्छ, त्यसको औचित्य पुष्टि गर्न परमाणु परीक्षण गर्ने भन्दा दोस्रो बाटो छैन ।’

पछिल्लो केही महिना उत्तर कोरियाले यसबारे संकेत दिएको छ कि ऊ प्रशान्त महासागरमा पहिलो गैर–अन्डरग्राउण्ड परीक्षण गर्न सक्छ । यदी यस्तो भयो भने परिणाम के होला ? यसको बारे केवल अनुमान मात्र गन सकिन्छ ।

बिबिसीबाट