उमेश बि.क, नवलपरासी भदौ २२
नवलपरासीको सरावल गाउँपालिका ३ स्थित महेन्द्र मा.बि काे प्रांगणमा सरावल गाउँपालिकाब्यापि अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियाेगिता अाज सुक्रवार सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम महेन्द्र जनता मा.बि गडाैरी, द्धितिय मुनलाईट एकेडेमी बासा र तृतीय सालबास सनराईज सालबास भएको छ । बिजेता हुनेलाई नगद रु. ९ हजार, ६ हजार र ३ हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले बालबालिका भनेकाे देशका कर्णधार हुन । बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक, अभिभावक र साथिहरू ठुलाे भुमिका खेल्दछन । साथै यस्ता अान्तरिक कृयाकलाप समय समयमा गर्न एकदमै जरुरी रहेकाे छ भन्ने कुरामा जाेड दिनुभएको थियाे।
कार्यक्रममा सरावल गाउँपालिका उपप्रमुख उतमा राय, कार्यकारी अधिकृत झबिश्वर रेग्मी, वडा नं ३ वडा अध्यक्ष अणेन्द्र राय,सरावल अन्तर पाटि महिला सन्जाल अध्यक्ष मिना चाैधरी, महेन्द्र मा.बि का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाेज बहादुर चाैधरी लगायतले बाेल्नुभएकाे थियो । साे हाजिरी जवाफ प्रतियाेगितामा सरावल गाउँपालिकाका १४ अाेटा विद्यालयका बिद्यार्थीहरुकाे सहभागिता रहेको थियोे ।
सरावल गाउँपालिकाकाे अायाेजना तथा माेटिभेट न्युज, हरेकपल डटकम र भाईब्रेसन मिडियाकाे सहयाेगमा निजामती कर्मचारी दिवसको अवसरमा महेन्द्र मा.बि का प्र.अ धनिराम बि.क.काे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा प्रतियाेगिता सम्पन्न भएकाे हाे ।